Premier Cables
Premier Steel

समाचार

कहाँ छन् विपिन जोशी ? खोजी गर्न आमा र बहिनी इजरायलमा

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन २६, २०८२  | अपराह्न १२:३९ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार इजरायल पुगेका छन्।

हमासद्वारा अपहरणमा परेका विपिनको अवस्था बारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन उनीहरू इजरायल गएका हुन्। नेपालस्थित इजरायली दूतावासको समन्वयमा पद्मा र पुष्पा सोमबार बिहान ९ बजे फ्लाइ दुबईमार्फत इजरायल प्रस्थान गरेका थिए।

बिज्ञापन

उनीहरू भावविह्वल मुद्रामा विमानस्थलमा देखिएका तस्वीरहरू सार्वजनिक भएका छन्।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी क्षेत्रमा रहेको किबुजबाट विपिनलाई अपहरण गरेको थियो। विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि इजरायल पुगेका थिए।

उक्त हमास आक्रमणमा विपिनसँग रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कूल १,२०० जनाले ज्यान गुमाएका थिए।

इजरायली अधिकारीहरूले विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म पुर्‍याउने तयारी गरिरहेको बताइएको छ, जसले विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka