Premier Cables
Premier Steel

विराटनगर

इस्कोनको आफ्नै जन्माष्टमी: विराटनगरमा यस्तो हुँदै छ तयारी

नोट: यो समाचार २ महिना अघिको हो

Calendar सोमबार, साउन २६, २०८२  | बिहान ८:२१ बजे

विराटनगर। श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले यस वर्ष पनि भव्य धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

साउन ३१ गते बिहान ५ बजेदेखि मध्यराति १ बजेसम्म सञ्चालन हुने यो महोत्सवमा १५ हजारभन्दा बढी भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।

बिज्ञापन

२०७९ सालदेखि निरन्तर आयोजना हुँदै आएको यस कार्यक्रममा यसपटक पनि भक्तिभाव, सांस्कृतिक विविधता र समाजिक एकताको अद्भुत संगम देख्न पाइनेछ। इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीका अनुसार महोत्सवको मुख्य उद्देश्य ध संस्कृति र आध्यात्मिक चेतनाको प्रवद्र्धन गर्नुका साथै युवापुस्तालाई संस्कार, अनुशासन र सेवा भावमा प्रेरित कार्यक्रम मङ्गल आरती र सामूहिक जपबाट सुरु हुनेछ।

धार्मिक अनुष्ठानहरूमा दर्शन आरती, गुरु पूजा, श्रीकृष्ण कथा, महानरसिंह यक्ष नाटक, बालकृष्ण शृङ्गार, अभिषेक, कीर्तन, झाँकी प्रदर्शन, तथा श्रीकृष्ण जन्म उत्सव र महाअभिषेक प्रमुख रहनेछन्। साथै, सन्ध्या आरती र भजन–कीर्तनले वातावरणलाई भक्तिमय बनाउनेछन्।

सांस्कृतिक पक्षलाई थप सशक्त बनाउने उद्देश्यले महोत्सवमा अन्तरविद्यालय स्तरीय नृत्य तथा चित्रकला प्रतियोगिताको पनि आयोजना गरिनेछ। मोरङ जिल्लाभरिका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरू सहभागी हुने नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई क्रमशः ३० हजार, १५ हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ।

यस्तै चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

महोत्सवमा नेपाल, भारत र बेलायतका इस्कोनका आध्यात्मिक गुरुहरू, प्रसिद्ध भजन–कीर्तन कलाकारहरू तथा कोशी प्रदेशका प्रमुख अतिथि प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थिति रहनेछ। साथै, प्रदेश सभाका सभामुख अम्बर बहादुर बिष्टसहित विभिन्न राजनीतिक, धार्मिक तथा प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।

धार्मिक पर्यटन प्रवद्र्धन तथा विराटनगरको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएको यो महोत्सव विराटनगरका लागि एक विशेष अवसरका रूपमा स्थापित हुँदै गएको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka