Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा सुशील कोइराला फाउन्डेसनले खुवायो दर

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २३, २०८२  | अपराह्न २:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुशील कोइराला फाउन्डेसनको आयोजनामा विराटनगर–४ स्थित होटल मनास्लुमा भव्य तीज मिलन तथा दर कार्यक्रम सम्पन्न गरिएको छ।

शुक्रबार आयोजित कार्यक्रममा १ हजारभन्दा बढी चेलीहरूको सहभागिता रहेको थियो। स्वर्गीय शुशील कोइरालाको सम्झनामा स्थापित फाउन्डेसनले हरेक वर्ष तीजको अवसरमा तीज मिलन कार्यक्रम आयोजना गर्दै आएको छ।

बिज्ञापन

“संस्कृति जोगाऔँ, आत्मीयता बढाऔँ” भन्ने नाराका साथ आयोजित कार्यक्रमकी प्रमुख अतिथि डा। मिनाक्षी नेपाल रहनुभएको थियो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, भिम पराजुली, रुक्मणी कोइरालालगायत विशिष्ट व्यक्तिहरूको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सहभागी महिलाहरूले तीजको गीतमा रमाउँदै नाचगान गरेर उल्लासपूर्वक तीज मनाए। गायक रमा मण्डल, सुमित खड्का, मञ्जु थापा, अञ्जु गौतमलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रममा नेपाल बाल आश्रमकी संस्थापक समाजसेवी सीता पोखरेल तथा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने डोल्पो जातिकी कान्छी महिला डोल्मा डोल्पोलाई सम्मान समेत गरिएको फाउन्डेसनकी सभापति मृदुला कोइरालाले जानकारी दिइन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka