Premier Cables
Premier Steel

शेयर बजार

नेप्से परिसूचक सामान्य अंक बढेर बन्द

नोट: यो समाचार ६ महिना अघिको हो

Calendar बुधबार, साउन २१, २०८२  | अपराह्न ३:४० बजे

काठमाडौ । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार करिब साढे ४१ अंक घटेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक २.३५ अंक बढेर २८३६.३५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.११ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ।

नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार ९ अर्ब ३३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ९३ हजार १८५ पटकको कारोबारमा ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँबराबरको २ करोड १६ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बजारमा पछिल्लाे ८ काराेबार दिनदेखि काराेबार रकम निरन्तर घट्दाे क्रममा रहेकाे छ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था र ट्रेड टावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन समाज लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। यस दिन शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ४५ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको छ।

(माथि उल्लेखित तथ्यांक अन्तिम १५ मिनेटको भारित औषत गणना गर्नु अघिको हो। औषत गणनापश्चात तथ्यांक अध्यावधिक गरिनेछ।)

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka