Premier Cables
Premier Steel

अन्य

यसकारण गरिन्छ श्रावण महिनाभर शिव आरधना

नोट: यो समाचार ८ महिना अघिको हो

आदर्श यादव Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १९, २०८२  | अपराह्न १२:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

हिन्दू धर्ममा श्रावण महिना विशेष धार्मिक, आध्यात्मिक र प्राकृतिक महत्त्व बोकेको पवित्र महिना भगवान शिवको आराधनाको लागि अति उपयुक्त मानिन्छ। श्रावणभर शिव पूजन, व्रत, उपवास, र धार्मिक अनुष्ठान गरिन्छ, जसमा बेल पत्र (बिल्व पत्र) को प्रयोग अनिवार्य मानिएको छ।

घरमा जप रुद्री पुजा पाठ वा धार्मिक अनुष्ठान आयोजना गर्नुका पूर्व हामि लाई बेल पत्र र रातो पहिलो सेतो फुल पिपलको हाँगा लगायतको सामग्री संकलन गर्ने निर्देशन गुरुहरु बात प्राप्त हुन्थ्यो बेल वृक्षलाई हिन्दू धर्ममा अत्यन्त पवित्र मानिन्छ। यसको प्रत्येक अङ्ग – पात, फल, फुल, हाँगा–सबैमा दिव्यता रहेको विश्वास गरिन्छ। विशेषतः बेल पत्र भगवान शिवलाई अर्पण गर्न प्रयोग गरिन्छ, जसले भक्तको मनोकामना पुरा गर्ने, पाप नाश गर्ने र जीवनमा सुख–शान्ति ल्याउने विश्वास छ।

बिज्ञापन

स्कन्द पुराण अनुसार, एक पटक माता पार्वतीको पसिनाको एक थोपा मन्दराचल पर्वतमा खस्यो र त्यसबाट बेलको रूख उम्रियो। बेलको रूख माता पार्वतीको पसिनाबाट उत्पन्न भएको हुनाले, माता पार्वतीका सबै रूपहरू यसमा वास गर्छन्। उनी रूखको जरामा गिरिजाको रूपमा, यसको हाँगाहरूमा महेश्वरीको रूपमा, हाँगाहरूमा दक्षिणायनीको रूपमा र पातहरूमा पार्वतीको रूपमा बस्छिन्।

बेलको रूख बेलपत्र र शिव पुराणअनुसार भगवान शिवजीलाई बेल पत्र अत्यन्त प्रिय छ र यसैले मानिन्छ कि बेल पत्र बिना भगवान शिवको उपासना पूरा हुँदैन। बेल पत्रद्वारा पूजा गर्दा हाम्रा पापहरूको नाश हुन्छ र हामीलाई सुफल बुद्धि प्राप्त हुन्छ।बेल पत्र चढाउनेका लाभयसको सबैभन्दा ठूलो लाभ भनेको भगवान शंकर धेरै प्रसन्न हुनेछन् र हाम्रा सम्पूर्ण मनोकामना पूरा गर्नेछन्। त्यस्तै बेल पत्र चढाउँदा सुखसहित घरमा वैभव र धन पनि आउँछ। अर्थात्, तपाइँलाई कहिल्यै पनि आर्थिक संकटको सामना गर्नु पर्दैन।

“त्रिदलं त्रिगुणाकारं त्रिनेत्रं च त्रियायुधम्।
त्रिजन्मपापसंहारं बिल्वपत्रं शिवप्रियम्॥”

अर्थात्: बेलपत्र तीन दल भएको, तीन गुणयुक्त, तीन नेत्र भएको र तीन पापको नाश गर्ने गुण भएको शिवलाई अत्यन्त प्रिय वस्तु हो।
शिवलाई अर्पण गर्नाले अनगिन्ती गुणा बढी लाभ हुन्छ।

श्रावण महिनामा बेल पत्र र बेल वृक्षको उपासना केवल एक धार्मिक परम्परा मात्र नभई, यो स्वास्थ्य, पर्यावरण र आध्यात्मिक शुद्धताको संकेत पनि हो। बेल वृक्षको संरक्षण र यसको नियमित पूजा–आराधना गर्दा नकारात्मक ऊर्जा हट्छ, सकारात्मकता बढ्छ, र जीवनमा आध्यात्मिक उन्नति हुन्छ। यस्तो बहुउपयोगी वृक्ष र यसको पत्रको महिमा जन–जनसम्म फैलिनु आवश्यक छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka