Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिकाले रुससँगको वाक्युद्धपछि दुई परमाणु पनडुब्बी तैनाथ गर्‍यो

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन १८, २०८२  | बिहान १०:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । रुससँग बढ्दो तनावका बीच अमेरिकाले दुईवटा परमाणु पनडुब्बी ‘सही स्थान’ मा तैनाथ गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका पूर्वराष्ट्रपति दिमित्री मेडभेडेवका उक्साउने खालका अभिव्यक्तिपछि यस्तो कदम चालेका हुन्। अमेरिकी सञ्चार संस्था सिएनएनका अनुसार ट्रम्पले अमेरिकाको सुरक्षा सुनिश्चित गर्न परमाणु पनडुब्बी तैनाथ गर्न आदेश दिएका हुन्।

हालै मेडभेडेवले अमेरिकाविरुद्ध कडा टिप्पणी गरेका थिए। त्यसको जवाफस्वरूप ट्रम्पले रुसलाई युक्रेनमा जारी युद्ध तत्काल रोक्न चेतावनी दिएका छन्। उनले भनेका छन्, यदि रुसले युद्ध रोक्ने संकेत नदिएमा कडा प्रतिबन्ध लागु गरिनेछ।

बिज्ञापन

ट्रम्पले ती पनडुब्बी कहाँ तैनाथ गरिएको हो भन्ने खुलाएका छैनन्। तर उनले भनेका छन्, “हामीलाई धम्की दिइयो, जुन स्वीकार्य छैन। त्यसैले म अमेरिकाका जनताको सुरक्षाका लागि सतर्क भएको हुँ र आवश्यक कदम चालेको हुँ।”

यस विषयमा रुसले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर पछिल्लो समय ट्रम्प र मेडभेडेवबीच सामाजिक सञ्जालमा वाक्युद्ध तीव्र बनेको छ। ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि अगस्ट ८ भित्रै युद्ध रोक्न अल्टिमेटम दिएका छन्। तर पुटिनले हालसम्म युद्ध अन्त्यको संकेत दिएका छैनन्।

परमाणु पनडुब्बी निर्माण अत्यन्त महँगो र जटिल प्रक्रिया हो। एउटा यस्ता पनडुब्बी निर्माण गर्न अर्बौं डलर खर्चिन्छ र दक्ष वैज्ञानिक तथा प्राविधिकको टोली आवश्यक पर्छ। हालसम्म चीन, भारत, अमेरिका, बेलायत, फ्रान्स र रुससँग मात्र परमाणु ऊर्जाबाट सञ्चालित पनडुब्बी रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa