Premier Cables

अन्तराष्ट्रिय

रुसमा भूकम्पपछि जापानमा सुनामीको चेतावनी, तीन मिटरको छाल उठ्न सक्ने

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन १४, २०८२  | अपराह्न २:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । रुसमा आएको शक्तिशाली ८.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । चेतावनीपछि जापानमा १९ लाखभन्दा बढी मानिसलाई घर छाड्न आदेश दिइएको छ । तीमध्ये करिब १० हजार ५०० मानिस होक्काइडोमा छन् ।

केही मानिस टोकियोको दक्षिणमा रहेको चिबा समुद्री तटमा अवस्थित एक अवलोकन केन्द्रमा पनि जम्मा भएका छन् ।

विज्ञापन

अधिकारीहरूले जापानको उत्तरी तटीय क्षेत्र खाली गरी अग्ला स्थानमा जान अपिल गरेका छन् । जापानको प्रशान्त तटमा सुनामीका दर्जनौँ लहर ठोक्किएका छन् । प्रशान्त तटबाहेक उत्तरमा होक्काइडोदेखि दक्षिणमा वाकायामा प्रान्तसम्म घर खाली गर्न चेतावनी जारी गरिएको छ ।

मौसम विज्ञान एजेन्सीले सुनामीको लहर तीन मिटरसम्म माथि जान सक्ने बताएको छ ।

जापानको टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को)ले फुकुसिमा डाइची र फुकुसिमा डाइनी परमाणु प्लान्टका कामदारलाई सुरक्षितरूपमा निकालेर अग्ला स्थानमा लगिएको जनाएको छ ।

सन् २०११ मा जापानमा आएको ९ म्याग्निच्युडको विनाशकारी भूकम्प र सुनामीपछि फुकुसिमा डाइची प्लान्टमा ठूलो परमाणु दुर्घटना भएको थियो ।

टेप्कोले प्लान्टमा कुनै क्षति नभएको र सुनामीसम्बन्धी चेतावनीहरूमा निगरानी राखिएको बताएको छ । यस हप्ताको सुरुमा टेप्कोले इन्धनको भग्नावशेष पूर्णरूपमा हटाउन १२ देखि १५ वर्ष ढिलाइ हुन सक्ने घोषणा गरेको थियो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka