ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका-४ आहालेका २२ बर्षीय मन कुमार बि.क.लाई आफ्नै भाईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
साउन १६ गते साँझ ६ बजे दाजु भाई बिच सामान्य बाद-बिबादको क्रममा दाजु मन कुमार बि.क.ले आफ्नै भाई २० बर्षीय रोशन बि.क.लाई खुकुरी प्रहार गर्दा रोशन बि.क.को घटनास्थलमा नै मृत्यु भएको थियो ।
बिज्ञापन
घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले मन कुमार बि.क.लाई खुकुरी सहित नियन्त्रणमा लिएको छ ।