Premier Cables
Premier Steel

समाचार

पहिले शव गाडेर तीन दिनपछि जंगलमा कार जलाए, हत्यामा संलग्न मामा-भान्जा पक्राउ

Calendar आइतबार, कार्तिक १६, २०८२  | राती ९:४१ बजे

बिर्तामोड । भोजपुरका सरोज शर्माको हत्या प्रकरणमा संलग्न मामा–भान्जा पक्राउ परेका छन्। उनीहरूले हत्या गरेपछि शव गाडेर कार जलाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मामा सुनील र भान्जा राहुलले शर्मा हत्या भएपछि शव उनको आफ्नै कारमा राखी बिरिङ खोलाको पुलमुनि जमिनमा गाडेका थिए। शव गाडेपछि सोही रात कारलाई मेचीनगर नगरपालिका–१३ निचाझोडा जंगलमा लगेर लुकाइदिएका थिए।

बिज्ञापन

राति घर फर्किएका उनीहरू भोलिपल्ट बिहानसम्म आफ्नै घरमै थिए। सोही क्रममा शर्माका परिवारजनले प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए। प्रहरीको खोजी शुरु भएपछि हत्या खुल्ने डरले मामा–भान्जाले तीन दिनसम्म जंगलमा कार लुकाएर राखेका थिए। पछि प्रहरी खोजी नजिकिँदै गएपछि १३ कात्तिक राति कार जलाएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खड्काले जानकारी दिए।

कार जलाउने क्रममा सुनीलको हात पोलिएको थियो। त्यसपछि उनी उपचारका लागि बिर्ताबजारको एक क्लिनिक पुगेका थिए। उपचारपछि उनी भागेर इटहरी हुँदै विराटनगर पुगेका थिए र सीमावर्ती रानी हुँदै भारत भाग्ने तयारीमा थिए। तर, कोसी प्रदेश प्रहरीको टोलीले १४ कात्तिकमा रानीबाट उनलाई पक्राउ गर्‍यो। सुनील पक्राउ परेपछि मामा–भान्जा दुवैको संलग्नता खुल्यो।

प्रहरीका अनुसार घटनास्थल नजिकै सुनीलको चप्पल भेटिएपछि अनुसन्धान अघि बढेको थियो। त्यसपछि शर्माको मोबाइल कल डिटेल र लोकेसनका आधारमा उनीहरूलाई ट्र्याक गरिएको हो।

विशेष टोलीको समन्वयमा कोसी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेले संयुक्त रूपमा अपरेशन सञ्चालन गरेका थिए। अन्ततः सुनीललाई रानीबाट पक्राउ गरियो भने भान्जा राहुल आफ्नै घरबाट पक्राउ परे।

डीएसपी खड्काका अनुसार उनीहरूले फिरौती माग्ने योजना बनाएका थिए तर योजनाकै क्रममा शर्माको मृत्यु भएपछि घटनालाई लुकाउन शव व्यवस्थापन र कार जलाउने काम गरेको देखिन्छ।

घटनामा एकजना भारतीय नागरिकको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका मामा–भान्जालाई अपहरण र कर्तव्यज्यान मुद्दामा झापा जिल्ला अदालतबाट सात दिनको थुनामा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka