Premier Cables
Premier Steel

मनोरञ्जन

अनुको तीज गीतले दर्शक भावुक बनाउँदै

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन १७, २०८२  | साँझ ६:५५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । गायिका अनु बुढाथोकी गिरिको नयाँ तीज गीत ‘उता तीजको लहर’ सार्वजनिक भएको छ। पिडादायी शब्द, भावुक संगीत र माईतीको माया सम्झनासँग जोडिएको यस गीतको म्युजिक भिडियो आजै उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्।

गीत सार्वजनिक भएको केही घण्टामै दर्शक तथा स्रोताबाट राम्रो प्रतिक्रिया प्राप्त भएको गायिका बुढाथोकी गिरिले जानकारी दिइन्।

बिज्ञापन

गीतमा यादव घिमिरे र नवीन गौतमको शब्द–संगीत रहेको छ भने बिशाल निरौलाले एरेन्ज गरेका छन्। रन्जन राईको मिक्सिङ रहेको उक्त गीतलाई भुपेन्द्र तुम्हाम्फेले छायांकन तथा निर्देशन गरेका हुन्।

म्युजिक भिडियोमा अनु स्वयंका साथै अमृता खड्का, सरिता खड्का, बिन्दा गिरी र शेरबहादुर बुढाथोकीको अभिनय देख्न सकिन्छ।

अनिल राणाले सम्पादन गरेको भिडियोलाई राजु बस्नेत र अभिनाश विकले कोरियोग्राफ गरेका छन्। भिडियोलाई शसस्त्र प्रहरी वलका नायव निरीक्षक (सई) शुभास गिरिले निर्माण गरेका हुन्।

निर्माता गिरिले यस भिडियोले सबै दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka