Premier Cables
Premier Steel

मनोरञ्जन

लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी’ सार्वजनिक

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २८, २०८२  | बिहान ११:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक गरिएको छ। बुधबार सार्वजनिक गरिएको यो गीतले नेपाली समाजमा छोरीमाथि भइरहेका विभेद र पितृसत्तात्मक सोचमाथि तीव्र व्यंग्य गरेको छ।

“तिम्रै छोरो राम्रो, म त नराम्रो” भन्ने व्यंग्यात्मक पंक्तिबाट सुरु हुने गीतमा, छोरी र बुहारीप्रति समाजको दृष्टिकोणलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। विष्णु माझीको सशक्त स्वरमा रहेको गीतमा शब्द र संगीत सुन्दरमणि अधिकारीको रहेको छ।

बिज्ञापन

गीतले महिलामाथि सानै उमेरदेखि थोपिएको घरेलु कामको बोझ, बुहारी बन्ने क्रममा झेल्नुपरेको पीडा, र चुलोचौकामा सीमित पार्ने सोचको विरुद्ध आवाज उठाएको छ। यथार्थपरक शैलीमा तयार पारिएको गीतले महिलालाई दोश्रो दर्जाको नागरिकजस्तो व्यवहार गरिने प्रवृत्तिलाई उजागर गर्छ।

गीतमा जन्मघरदेखि श्रीमानको घरसम्म महिलाले भोग्नुपर्ने विभेद र दुःखको कथा समेटिएको छ। “जिन्दगी बाँचियो भने अर्को साल भेट होला” भन्ने भावले पीडामाथि आशाको सन्देश पनि दिएको छ।

गीतको भिडियोमा ललिता पौडेलले अभिनय गरेकी छिन्। भिडियोको सिनेमाटोग्राफी सम्भु चालिसेले गरेका छन् भने सम्पादन प्रवीण भट्टले गरेका हुन्। मौसम हिमालीको कोरियोग्राफीमा तयार पारिएको भिडियोको निर्देशन भने सुन्दरमणि अधिकारीले नै गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka