Premier Cables
Premier Steel

समाचार

आज दर खाने पर्व

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०९, २०८२  | बिहान १०:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । हरितालिका तिजको अघिल्लो दिन आज (सोमबार) देशभर दर खाने पर्व हर्षोल्लासका साथ मनाइँदैछ। व्रतालु महिलाहरू आजको दिन परिवार, इष्टमित्र र छिमेकीसँग भेला भई विभिन्न परिकारहरू खाँदै रमाइलो गर्ने चलन रहिआएको छ।

दर खाएपछि भोलिपल्ट तिजको मुख्य दिन निराहार व्रत बस्ने परम्परा रहेको छ। व्रतका लागि दरको दिनमा विशेषगरी पौष्टिक तत्वयुक्त खानेकुरा खाने चलन छ, जसले महिलालाई व्रत अवधिभर ऊर्जा प्रदान गर्छ।

बिज्ञापन

यद्यपि परम्परागत रूपमा दर खाने चलन तिजको अघिल्लो दिन मात्र सीमित थियो, राजधानी काठमाडौंसहितका सहरी क्षेत्रमा हाल एक महिनाअघि देखि नै दर खाने, खुवाउने कार्यक्रमहरू हुने गरेका छन्। सामाजिक भेटघाट र महिला सशक्तीकरणको सन्देशसहित दर कार्यक्रमहरू सांस्कृतिक उत्सवका रूपमा परिणत भएका छन्।

धार्मिक मान्यताअनुसार, परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई वरस्वरूप प्राप्त गर्ने कामनासहित कठोर व्रत गरेकी थिइन्। उनको तपस्याबाट प्रसन्न भई शिवले उनलाई स्वीकार गरेका थिए भन्ने विश्वासका आधारमा विवाहित महिलाहरू आफ्ना पतिको दीर्घायू र स्वास्थ्यको कामनाका लागि तथा अविवाहित युवतीहरूले सुयोग्य वर पाउने आकांक्षासहित तिजको व्रत बस्ने गर्छन्।

तिजको मुख्य दिन मंगलबार, व्रतालु महिलाहरू निराहार व्रत बस्दै शिवपूजा र आराधना गर्नेछन्। काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरूमा आजैदेखि व्रतालुको भीड लाग्न थालेको छ।

चार दिनसम्म मनाइने तिज पर्व अन्तर्गत बुधबार गणेश चौथी पर्व मनाइनेछ भने बिहीबार सप्तऋषि तथा अरुन्धतीको पूजाआराधना गरेर पर्वको समापन गरिनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka