Premier Cables
Premier Steel

राजनीति

बागमतीमा विभाजित भए शेखर-गगन,संसदीय दलको नेता चयनमा फरक मत

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १३, २०८२  | अपराह्न ३:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौ । बागमती प्रदेशमा सरकार परिवर्तन गर्ने विषयमा नेपाली कांग्रेस भित्र चर्किएको विवादले पार्टीको केन्द्रमा पनि असर परेको छ ।

शंका,आशंकाको बीच लामो समयदेखि एउटै गुटमा रहेको भनिएका महामन्त्री गगन थापा र नेता शेखर कोइराला बागमती प्रदेशमा भने आमने सामने भएका छन् । महामन्त्री थापा निकट प्रदेश सांसदहरुले मुख्यमन्त्री बहादुरसिंह लामाको विपक्षमा, इन्द्र बानियाँको पक्षमा भोट हाल्दा कोइराला पक्षका सासदहरुले भने लामाको पक्षमा भोट हालेका छन् ।

बिज्ञापन

शुक्रबार दर्ता गरिएको अविश्वास प्रस्तावको बारेमा निर्णय गर्न बसेको बैठकमा लामाको पक्षमा १५ सांसद र उनको विपक्षमा २२ सांसद उभिएपछि लामा संसदीय दलको नेताबाट पदमुक्त भएका छन् । बागमती प्रदेशमा कांग्रेसका कूल ३७ सांसद रहेका छन् ।

महामन्त्री गगन थापा पक्षधर पुकार महर्जन, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, मीना पराजुली, याङकिला शेर्पा, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ र श्रीराम लामिछाने संसदीय दलबाट लामा हटाउने पक्षमा देखिएका छन् ।

डा.शेखर कोइराला पक्षका रमेश महत र उत्तम जोशी अविश्वासको प्रस्तावको विपक्षमा देखिए । नेता प्रकाशमान सिंह पक्षका ३ सांसद मध्ये कञ्चनवादे र दिपेन्द्र श्रेष्ठ संसदीय दलका नेता लामालाई हटाउन साथ दिए भने त्यही पक्षकी सांसद हरिप्रभा खड्गी भने लामाको पक्षमा उभिइन ।

पार्टी प्रवक्ता डा.प्रकाशशरण महत पक्ष निकट श्याम खड्का मंगलबार विहान एकाएक अविश्वासको प्रस्तावको पक्षमा उभिएका थिए ।

लामाको पक्षमा उभिएका १५ सांसदहरुमा बहादुरसिंह लामा तामाङ,कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, क्षत्रबहादुर बम्जन, गिता गुरूङ, मसिना खड्का, तीर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल, समिता खड्गी रहेका छन् ।

त्यस्तै लामाको विपक्षमा र बानियाँको देखिएका २२ सांसदहरुमा इन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुना देवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तामाङ, छिरीङ्ग दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीन कृष्ण महर्जन, बिमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङ रहेका छन् ।

उता, मुख्यमन्त्री लामाले भने आफूलाई षडयन्त्रपूर्णरुपमा दलको नेताबाट हटाइएको आरोप लगाउंदै राजिनामा नदिने र अविश्वांस प्रस्तावको सामना गर्ने घोषणा गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa