Premier Cables
Premier Steel

राजनीति

नयाँ वर्ष २०८३: डा. शेखर कोइरालाद्वारा शुभकामना, युवाको भूमिका र सुशासनमा जोड

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख ०१, २०८३  | राती ८:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । शेखर कोइरालाले नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा बितेको वर्षले नेपालको राजनीतिमा नयाँ मोड ल्याएको उल्लेख गर्दै विशेषगरी युवापुस्ताको सक्रियता, चेतना र सहभागिताले राजनीतिलाई नयाँ दिशा दिएको बताउनुभएको छ। सामाजिक सञ्जालदेखि सडकसम्म देखिएको युवाहरूको आवाज अब केवल विरोधमा सीमित नरही नेतृत्व र उत्तरदायित्वतर्फ उन्मुख भएको उहाँको भनाइ छ।

बिज्ञापन

परिवर्तित राजनीतिक परिवेशसँगै सरकारप्रति जनताको अपेक्षा बढ्दै गएको उल्लेख गर्दै उहाँले परिणाममुखी, पारदर्शी र जवाफदेही नेतृत्वको आवश्यकता औंल्याउनुभयो। “काम गर्ने, देखिने र अनुभव हुने सरकार आजको आवश्यकता हो,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ। सुशासन र विकासबीच सन्तुलन कायम गर्दै देशलाई समृद्धिको मार्गमा अगाडि बढाउनु सरकारको प्रमुख दायित्व भएको पनि उहाँले बताउनुभयो।

नेपाली कांग्रेसको भूमिकाबारे चर्चा गर्दै उहाँले लोकतन्त्रका लागि लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित पार्टी आज पनि राष्ट्रिय राजनीतिको महत्वपूर्ण शक्ति रहेको बताउनुभयो। बदलिँदो समयअनुसार रूपान्तरण हुँदै नयाँ पुस्तालाई समेट्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले एकताबद्ध भएर अघि बढ्न सके पार्टीले पुनः जनविश्वास बलियो बनाउन सक्ने धारणा राख्नुभयो।

सन्देशको अन्त्यमा उहाँले राष्ट्रिय मेलमिलाप, एकता र सहकार्यलाई प्राथमिकता दिन आग्रह गर्दै नयाँ वर्षले सकारात्मक सोच, नवीन ऊर्जा र एकताको भावना ल्याओस् भन्ने कामना गर्नुभएको छ। साथै, समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa