Premier Cables

अपराध

दाजु मारेर भागेका भाई प्रहरीको फन्दामा

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १२, २०८२  | साँझ ६:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सिराहा । सिराहाको गोलबजार नगरपालिका–१०, मुसहर्नियामा दाजुको हत्या गरेर फरार भएका एक युवकलाई प्रहरीले भारततर्फ भाग्ने क्रममा सीमावर्ती क्षेत्रमा पक्राउ गरेको छ।

लगभग २५ वर्षीय श्यामकुमार सदाले गत बिहीबार साँझ पारिवारिक विवादका क्रममा आफ्ना ३५ वर्षीय दाजु मोतीराम सदाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए। प्रहरीका अनुसार मदिरा सेवन गरेर घर फर्किएका श्यामकुमारले श्रीमती कौशिला सदामाथि कुटपिट गर्न थालेपछि बिच बचाव गर्न आएका दाजुलाई छातीमा प्रहार गरेका थिए। गम्भीर घाइते भएका मोतीरामको लहानस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

विज्ञापन

हत्या गरेपछि फरार रहेका श्यामकुमारलाई औरही गाउँपालिका–३, जमुवा नहरको बाटो हुँदै भारत प्रवेश गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो। सो स्थान भारत–नेपाल सीमाबाट करिब तीन किलोमिटरको दूरीमा पर्छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार श्यामकुमारलाई आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनामा प्रयोग गरिएको हतियार बरामद गरेको जनाएको छ। प्रारम्भिक बयानमा श्यामकुमारले अपराध स्वीकार गरिसकेको प्रहरीको भनाइ छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka