Premier Cables
Premier Steel

कोशी प्रदेश

बोराभित्र शव फेला परेकी रमाको हत्या प्रकरणमा प्रेमी पक्राउ

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २०, २०८३  | बिहान ९:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापाको दमकस्थित रतुवा खोलाको पुलमुनि बोराभित्र शव फेला परेकी २१ वर्षीया रमा तिवारीको हत्या उनकै प्रेमीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

दुई दिनअघि दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि बोरामा पोको पारिएको अवस्थामा तिवारीको शव फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका युवक र मृतकबीच प्रेम सम्बन्ध रहेको खुलेको प्रहरी स्रोतले जनाएको छ।

बिज्ञापन

प्रहरीका अनुसार पक्राउ परेका युवक लागूऔषध प्रयोगकर्ता हुन्। उनी दमकस्थित एक सुधार केन्द्रमा बस्दै आएका थिए। जेठ १३ गते सुधार केन्द्रबाट बाहिरिएपछि रमा तिवारीको हत्या भएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ।

घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। यद्यपि, पक्राउ परेका व्यक्तिको नाम र अन्य विवरण भने अनुसन्धान प्रभावित हुन सक्ने भन्दै सार्वजनिक गरिएको छैन।

हत्या कसरी गरियो, शवलाई बोरामा हालेर रतुवा खोलासम्म कसरी पुर्‍याइयो तथा घटनामा अन्य व्यक्तिको समेत संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले अनुसन्धान पूरा भएपछि घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka