Premier Cables

अपराध

खुकुरी प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ

Calendar शनिबार, साउन १७, २०८२  | राती १०:०० बजे

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका-४ आहालेका २२ बर्षीय मन कुमार बि.क.लाई आफ्नै भाईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

साउन १६ गते साँझ ६ बजे दाजु भाई बिच सामान्य बाद-बिबादको क्रममा दाजु मन कुमार बि.क.ले आफ्नै भाई २० बर्षीय रोशन बि.क.लाई खुकुरी प्रहार गर्दा रोशन बि.क.को घटनास्थलमा नै मृत्यु भएको थियो ।

बिज्ञापन

घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले मन कुमार बि.क.लाई खुकुरी सहित नियन्त्रणमा लिएको छ ।

खुकुरी प्रहार गरी भाईको हत्या गर्ने बि.क.को जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka