Premier Cables
Premier Steel

विराटनगर

गोसाइँकुण्डमा बेपत्ता भएका मोरङका दुई युवाको शव भेटियो

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १२, २०८२  | अपराह्न २:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका मोरङका दुई युवकको शव फेला परेको छ। मृतक दुवै जनाको आपसी नाता दाजुभाइ (मामा–फुपुको छोरा) रहेको बताइएको छ।

बेपत्ता भएका व्यक्तिहरूमा विराटनगर महानगरपालिका–३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपाने छन्। उनीहरूको शव सोमबार बिहान १० बजे फेला परेको मृतक सुजनका दाजु विवेक मिश्रले जानकारी दिए।

बिज्ञापन

विवेकका अनुसार मनोज काठमाडौंमा बसोबास गर्दै आएका थिए भने सुजन हालै केही दिनका लागि काठमाडौं गएका थिए। काठमाडौंबाट साथीभाइसँगै उनीहरू शनिबार गोसाइँकुण्ड गएका थिए।

आइतबार स्नान गर्ने क्रममा एक जना चिप्लिएर तल झरेपछि अर्का उनीलाई बचाउन प्रयास गर्दा दुबै जना हराएका थिए। “एक जना चिप्लिएपछि अर्का उद्दार गर्न गएका थिए, तर दुबै जना बेपत्ता भए,” दाजु विवेकले भने, “अहिले हामी शव पर्खिएर बसिरहेका छौं।”

दुवै जनाको असामयिक निधनले परिवार र आफन्तमा शोक छाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka