Premier Cables

समाचार

पोखरामा भेटिए सिन्धुलीबाट हराएको परिवार

Calendar मंगलबार, साउन १३, २०८२  | बिहान ७:३९ बजे

पोखरा । सम्पर्कविहीन भएको भनिएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको हायू परिवारका सदस्य कास्कीको गगनगौंडामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार उनीहरूलाई गगनगौंडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा आश्रय लिइरहेको अवस्थामा फेला पारिएको हो ।

बिज्ञापन

‘प्रारम्भिक रुपमा कुराकानी गर्दा २० हजार रुपैयाँमा गाडी भाडामा लिएर सपरिवार उनीहरू पोखरा आएका रहेछन् । शनिबार लेकसाइडमा रहेको होटल जननीमा बसेर आइतबार निस्किएको देखिन्छ,’ उनले भने, ‘१६ जना हराइरहेको समाचार सोमबार प्रकाशन र प्रसारण भएपछि होटल सञ्चालक सुनिल भुर्तेलले हामीलाई जानकारी गराए । त्यसपछि सीसीटीभीको आधारमा उनीहरूको लोकेसन पत्ता लाग्यो ।’

एसपी ओलियाका अनुसार हायू परिवारका सदस्यले सोमनाथ र चन्द्रको घरमा डेरा लिएर बसेका हुन् । उनीहरुले पोखरामा ज्यामी काम गर्नका लागि आएको बताउँदै डेरा लिएका थिए । ‘उनीहरू दुई घरको डेरामा बाँडिएर बसेको देखिएको छ,’ एसपी ओलियाले भने, ‘थप सोधपुछका लागि डाँडाको नाक प्रहरी चौकीमा ल्याउँदै छन् । त्यसपछि परिवारको सदस्यको जिम्मा लगाउँछौं ।’

परिवारले एक जना ज्वाईं पोखराकै स्थानीय रहेको उनीहरुले जानकारी दिएका छन् । एक जना छोरी भने काठमाडौंमै रहेको सिन्धुली प्रहरीले जनाएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी दिनेश आचार्यले पनि उनीहरु गगनगौंडामा फेला पारेको र थप अनुसन्धान हुँदै गरेको बताए ।

परिवारकै १६ जना ४ दिनदेखि सम्पर्कविहीन भएको खबर सोमबार दिनभर नै चर्चामा रहेको थियो । एकलासमा रहेको घरमा सोमबार प्रहरीसहितको टोली पुग्दासमेत कोही नभेटिएपछि सम्पर्कविहीन भएको भन्दै उनीहरुको खोजी व्यापक बनाइएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka