Premier Cables
Premier Steel

विराटनगर समाचार

गोसाइँकुण्डमा डुबेर लक्ष्मीमार्गका न्यौपाने र विराटनगरका ढकाल बेपत्ता

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ११, २०८२  | राती १०:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रसुवा । धार्मिक स्थल गोसाइँकुण्डमा नुहाउने क्रममा दुईजना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आज दिउँसो गोसाइँकुण्ड तालमा डुबेर मोरङको बेलबारी-११ लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपाने र विराटनगरका सुजन ढकाल बेपत्ता भएका हुन्।

बिज्ञापन

प्रहरीका अनुसार बेपत्ता दुवै व्यक्ति आपसमा आफन्त रहेको बताइएको छ। ती दुवै जना तीर्थयात्राका लागि गोसाइँकुण्ड गएका थिए। डुबेको सूचना पाउनेबित्तिकै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली खोजी कार्यमा खटिएको छ।

गोसाइँकुण्ड हिन्दू धर्मावलम्बीहरूका लागि एक प्रमुख धार्मिक स्थल हो, जहाँ विशेषगरी जनैपूर्णिमाको अवसरमा हजारौँ तीर्थयात्री हर वर्ष स्नान गर्न पुग्ने गर्छन्।

घटनाको थप विवरण आउन बाँकी छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka