Premier Cables
Premier Steel

विराटनगर समाचार

गोसाइँकुण्डमा डुबेर लक्ष्मीमार्गका न्यौपाने र विराटनगरका ढकाल बेपत्ता

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar आइतबार, साउन ११, २०८२  | राती १०:१७ बजे

रसुवा । धार्मिक स्थल गोसाइँकुण्डमा नुहाउने क्रममा दुईजना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आज दिउँसो गोसाइँकुण्ड तालमा डुबेर मोरङको बेलबारी-११ लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपाने र विराटनगरका सुजन ढकाल बेपत्ता भएका हुन्।

बिज्ञापन

प्रहरीका अनुसार बेपत्ता दुवै व्यक्ति आपसमा आफन्त रहेको बताइएको छ। ती दुवै जना तीर्थयात्राका लागि गोसाइँकुण्ड गएका थिए। डुबेको सूचना पाउनेबित्तिकै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली खोजी कार्यमा खटिएको छ।

गोसाइँकुण्ड हिन्दू धर्मावलम्बीहरूका लागि एक प्रमुख धार्मिक स्थल हो, जहाँ विशेषगरी जनैपूर्णिमाको अवसरमा हजारौँ तीर्थयात्री हर वर्ष स्नान गर्न पुग्ने गर्छन्।

घटनाको थप विवरण आउन बाँकी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka