Premier Cables

राष्ट्रिय समाचार

रामेछापमा देखियो सम्पर्कविहीन सिन्धुली परिवारको ‘लोकेसन’

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १२, २०८२  | साँझ ६:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेप्टाबाट अचानक सम्पर्कविहीन बनेको एक परिवारका सदस्यको लोकेसन रामेछापमा देखिएको छ। साउन ९ गते तीमध्ये एक सदस्यको मोबाइल लोकेसन रामेछापमा ट्रेस गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

१६ जना सदस्यहरू कसैलाई केही नबताई घर छाडेर बेपत्ता भएका थिए। खोजी कार्यमा जुटेको प्रहरीले उनीहरूलाई रामेछापतिर गएको आशंका गरेको छ।

विज्ञापन

“साउन ९ मा उनीहरूको लोकेसन रामेछापमा देखिएको छ, खोजी कार्य जारी छ,” एक प्रहरी अधिकृतले बताए।

सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार उर्मिला हायुको परिवारका कुखुरा, बाख्रा र भैँसी घरमै अलपत्र अवस्थामा फेला परेका छन्। केही दिनअघि उर्मिलाले सामाजिक सुरक्षा भत्ता समेत बुझेकी थिइन्।

१८ सदस्यीय सो परिवारका दुई जना पहिले नै काठमाडौंमा रहेका छन्। बाँकी १६ जनाको अवस्था खुल्न बाँकी छ। प्रहरीले परिवारका सबै सदस्य सुरक्षित रहेको आशा गर्दै खोजी तीव्र पारेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka