Premier Cables
Premier Steel

विराटनगर स्वास्थ्य

गोल्डेन अस्पतालका डाक्टरको बदमासी : ‘पैसा तिर्ने औकात नभए किन अस्पताल आएको’ भन्दै हप्कीदप्की

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ११, २०८२  | राती ८:०८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरको गोल्डेन अस्पतालका एक डाक्टरले उपचारका लागि ल्याइएकी एक तीन वर्षीय बालिकाको परिवारप्रति ‘पैसा तिर्ने औकात छैन भने यस्तो ठूलो अस्पताल किन आएको’ भन्ने अभिव्यक्ति दिएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ।

नयाँ भवनमा अस्पताल सरेपछि पत्रकार सम्मेलन गरी गरिबलाई उपचारमा छुट दिने सफेद झुट सार्वजनिक गरेको थियो ।

बिज्ञापन

घटना आइतबार बिहानको हो। विराटनगर–६ की तीन वर्षीय आरुषि पासवान घर नजिकको पानीको पैंनिमा डुबेपछि परिवारले बिहान ११ बजे बचाउने प्रयास गरेका थिए। १२ बजेतिर उनलाई उपचारका लागि गोल्डेन अस्पताल लगिएको थियो।

बालिका लामो समय पानीमा डुबेकाले गम्भीर अवस्थामा रहेकी थिइन्। अस्पतालको इमर्जेन्सी कक्षमा प्रारम्भिक उपचारपछि उनलाई आईसीयूमा सारिएको थियो।

तर उपचारका क्रममा अस्पतालले लापरबाही गरेको आरोप बालिकाका मामा राहुल पासवान (कटहरी–३ निवासी) ले लगाएका छन्। उनका अनुसार, “अस्पतालले कहिले डाक्टर छैन भन्छ, कहिले उपचार भइरहेको छ भन्छ। बारम्बार पैसा माग्दै आएको छ।”

परिवारका अनुसार, अस्पतालमा हालसम्म २० हजार रुपैयाँ जम्मा गरिसकेको छ तर अस्पतालले अझै ४० हजार बुझाएर बालिकालाई लिएर जान भनिएको छ। यद्यपि, अस्पतालले अहिलेसम्म बालिकालाई मृत घोषणा गरिसकेको छैन।

विवादको समाधानका लागि अस्पताल प्रशासन, प्रहरी र पीडित परिवारको उपस्थितिमा छलफल चलिरहेका बेला अस्पतालका बाल रोग विशेषज्ञ डा. सन्तोष यादवले “यस्ता अस्पतालमा उपचार गराउन औकात हुनु पर्छ” भन्ने अभिव्यक्ति दिएका थिए।

यो अभिव्यक्तिपछि पीडित परिवार आक्रोशित बनेको हो। उनीहरूले “डा. यादवले माफी नमागेसम्म अस्पताल नछाड्ने” अडान राखेका छन्।

यद्यपि, अस्पताल प्रशासनले घटनाबारे माफी मागे पनि डा. यादवले आफूले ‘त्यस्तो शब्द प्रयोग नगरेको’ दाबी गर्दै मुस्कुराउँदै त्यसलाई अस्वीकार गरेका छन्। उनले पीडित परिवारले आफूलाई बदनाम गर्न खोजेको आरोप पनि लगाएका छन्।

गोल्डेन अस्पताल यसअघि पनि बिरामीको उपचारमा लापरबाही, महँगो शुल्क, र एम्बुलेन्स मार्फत जबरजस्ती बिरामी ल्याउने जस्ता आरोपमा पटक–पटक विवादमा परेको अस्पताल हो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka