Premier Cables
Premier Steel

विराटनगर स्वास्थ्य

गरिबलाई विराटनगरको गोल्डेन अस्पतालमा छुटै-छुट

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार २६, २०८२  | साँझ ६:०९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरस्थित गोल्डेन हस्पिटलले आर्थिक रूपमा कमजोर बिरामीहरूका लागि शल्यक्रियामा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। निजी क्षेत्रको अस्पतालले यस्तो सहुलियत प्रदान गर्नु स्वास्थ्य सेवामा एउटा महत्त्वपूर्ण कदम मानिएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा हस्पिटलका प्रबन्ध निर्देशक डा. श्यामकुमार रौनियारले शल्यक्रियाको सम्पूर्ण प्याकेजमा छुटको व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार शल्यक्रियामा प्रयोग हुने औषधि सिधै उत्पादक कम्पनीबाट ल्याइने भएकाले लागत घटेको हो, जसले गर्दा बिरामीले सस्तोमा सेवा पाउन सक्नेछन्।

बिज्ञापन

डा. रौनियारका अनुसार हस्पिटलले हाइड्रोसिल, एपेन्डिक्स, पाठेघर, सिजेरियन डेलिभरी, फेस तथा अनुहार, कानको जाली, मूत्रनली, टन्सिल, नाकको बाङ्गोपन, किड्नी तथा पित्तथैलीको पत्थरी लगायतका शल्यक्रिया रु. ५ हजारदेखि रु. ४० हजारसम्मको प्याकेजमा उपलब्ध गराउँदै आएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka