Premier Cables
Premier Steel

कोशी प्रदेश

‘मलाई बचाउनुहोस् दाजु’ भन्दै म्यासेज पठाएर बेपत्ता भए खोटाङका हरिप्रसाद

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन ०७, २०८२  | अपराह्न २:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय हरिप्रसाद राई मलेसियामा पाँच दिनदेखि सम्पर्कविहीन भएका छन्।

तीन वर्षअघि मलेसिया गएका राई केएलस्थित स्यारोटन होटलमा सहयोगीका रूपमा काम गर्दै आएका थिए। साउन १ गते राति आफ्नो दाजु हिमाल राईलाई फेसबुक म्यासेज पठाउँदै उनले “मलाई मार्ने षड्यन्त्र भइरहेको छ, मलाई बचाउनुहोस्, मालिकलाई नबताउनुहोस्” भन्ने उल्लेख गरेका थिए। म्यासेज गरेको भोलिपल्ट अर्थात् साउन २ गतेदेखि उनी सम्पर्कमा छैनन्।

बिज्ञापन

राईले सन्देशमार्फत आफू निर्दोष रहेको तर अरूको गल्तीको दोष आफूमाथि आएको र भागेर घर जानुपर्ने अवस्था रहेको उल्लेख गरेका थिए।

उनका दाजु हिमाल राईले मलेसियास्थित नेपाली दूतावास र कम्पनीलाई खोजीका लागि निवेदन दिएका छन् तर हालसम्म कुनै प्रतिक्रिया आएको छैन। परिवारले हरिप्रसादको सुरक्षाको गम्भीर चिन्ता व्यक्त गर्दै राज्यबाट सक्रिय खोजीको माग गरेका छन्।

हरिप्रसाद काठमाडौंको सिनामंगलस्थित फाजल इन्टरनेशनलमार्फत २०७९ साउन २८ गते मलेसिया गएका थिए। एजेन्ट निरज दाहालका अनुसार उनी कम्पनी छाडेर भागेको हुनसक्ने अनुमान गरिएको छ। राईसँगै खोटाङका अरू पाँच युवा पनि मलेसिया गएका थिए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka