कहाँ हराए बेलबारीका चार किसोरी ? प्रहरीसँग पनि छैन् क्लु !
आइतबार, जेठ १८, २०८२ |
अपराह्न १२:१९ बजे
विराटनगर । मोरङको बेलबारी नगरपालिकाबाट बेपत्ता भएका स्थानीय चार जना किसोरी अझै फेला परेका छैनन् ।
बेलबारी नगरपालिका वडा नं २, लालभित्तिका ती किसोरी गत बिहीबारदेखि परिवारको सम्पर्कमा छैनन् । तर, उनीहरु कहाँ गए भन्ने अझै खुल्न सकेको छैन । एकै स्थानका चार जना किसोरी हराएपछि परिवार र टोलमै चिन्ता छाएको छ ।
गत बिहीबार बिहान ११ बजे उनीहरु घरबाट साथी भेट्न भन्दै बाहिर निस्किएको बताइएको छ ।
बिज्ञापन
१२ वर्षीया स्मृति परियार, १३ वर्षीया जेनिसा नेपाली, १५ वर्षीया सविता परियार र १२ वर्षीया अनुष्का परियार त्यसयता सम्पर्कविहीन रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले बेपत्ताहरूको खोजी भई रहेको बताएका छन् । तर हराएका किसोरीहरुबो पत्ता लगाउन प्रहरीले अनुसन्धान जारी रहेको बताए पनि क्लु भने फेला पर्न सकेको छैन ।