Premier Cables
Premier Steel

राजनीति समाचार

सरकार व्यक्तिगत स्वार्थमा केन्द्रित भएको आरोप, कांग्रेस नेताको कडा आलोचना

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन ०७, २०८२  | बिहान ८:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मोरङ । हालको सत्ता गठबन्धन सरकार जनताको हितभन्दा व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित भएको आरोप नेपाली कांग्रेस मोरङ क्षेत्र नं. २ का सभापति तथा रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वर प्रसाद सिंहले लगाएका छन्।

उनले सरकार जनताको चाहनाअनुसार काम गर्न पूर्णरूपमा असफल भएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरे।

बिज्ञापन

सिंहले सोमबार सुनवर्षी नगरपालिका–९ स्थित वी.पी. कोइराला सेवा केन्द्रमा आयोजित ४४औं बी.पी. कोइराला स्मृति दिवसको कार्यक्रममा बोल्दै, आफू नेतृत्व गरेको पालिका र क्षेत्रलाई बेवास्ता गरिएको गुनासो गरे, त्यो पनि सरकारमा आफ्नै पार्टीको सहभागिता हुँदाहुँदै।

“सिर्फ पार्टीको झोला बोकेको भरमा देश बन्न सक्दैन,” उनले भने, “जो काम गर्न सक्छ, उसलाई समर्थन गर्नुपर्छ, गर्न नसक्नेलाई प्रश्न गर्नुपर्छ।” सिंहले सरकारमा रहेका आफ्नै पार्टीका नेताहरूले ठूला योजना र स्रोत केवल आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित गरेको आरोप लगाए।

पालिकाको सीमित बजेटले जनताको अपेक्षा पूरा गर्न नसकिने स्पष्ट पार्दै, उनले प्रदेश तथा संघ सरकारबाट आफ्नो पालिका र क्षेत्रलाई अपेक्षित सहयोग नपाएको गुनासो गरे। “यहाँका लागि बोल्ने र हेर्ने नेता नै छैनन्,” सिंहको भनाइ थियो।

कार्यक्रममा अन्य वक्ताहरूले पनि जनताबीच राजनीतिक दलप्रति वितृष्णा बढ्दै गएको उल्लेख गर्दै, बी.पी. कोइरालाको विचार र आदर्शलाई अवलम्बन नगरे कांग्रेसले भारतीय कांग्रेस सरह क्षयी अवस्था भोग्नुपर्ने चेतावनी दिए।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संगौला, केन्द्रीय सदस्य अमृत अर्याल, जिल्ला सभापति डिक बहादुर लिम्बू लगायतको उपस्थिति रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa