Premier Cables
Premier Steel

कोशी प्रदेश समाचार

इटहरीका मेयरविरुद्ध सुनसरीका पत्रकार सडकमा, का‍ंग्रेस केन्द्रीय समितिको पनि ध्यानाकर्षण गर्ने

मेयर भने भारत लागे

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ०४, २०८२  | राती ९:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पत्रकारहरूप्रति गरेका विवादास्पद टिप्पणीका विरुद्ध नेपाल पत्रकार महासंघ, सुनसरीले आन्दोलनको घोषणा गर्दै सडकमा उत्रिएको छ।

मेयर पौडेलले सामाजिक सञ्जालमा गरेका अभिव्यक्तिको विषयमा ध्यानाकर्षण पत्र बुझाएर माफी माग्न आग्रह गर्दा पनि उनले स्पष्ट रुपमा पुष्टि गर्न नसकेको भन्दै महासंघले इटहरीको संगीत चोकमा ऐक्यबद्धता सभा आयोजना गरेको हो।

बिज्ञापन

महासंघ सुनसरीले लोकतन्त्र, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको संरक्षणमा ऐक्यबद्धता सभा आयोजना गरेको जनाएको छ। उक्त कार्यक्रममा नागरिक समाज, व्यवसायी, राजनीतिक दलका प्रतिनिधिहरूले प्रेस स्वतन्त्रता र लोकतन्त्रको पक्षमा ऐक्यबद्धता प्रकट गरेका थिए।

सभा सम्बोधन गर्दै नागरिक समाज इटहरीका अध्यक्ष आरके राईले लोकतन्त्रमा प्रेसको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै नागरिक समाज सधैं पत्रकारिताको स्वतन्त्रताको पक्षमा उभिएको बताए। उनले मेयर पौडेलले सामाजिक सञ्जालमा लेखेको टिप्पणी अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भएको आरोप लगाए।

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले पनि मेयर पौडेलको अभिव्यक्ति निन्दनीय भएको भन्दै व्यावसायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको संरक्षण गर्न सबै एकजुट हुनुपर्ने बताए। सभा सम्बोधन गर्ने अन्य वक्ताहरूमा साहित्यकार मनु मञ्जिल, नागरिक समाजका पूर्व अध्यक्ष बोदराज नेपाल र बद्री विशाल पोख्रेल समेत थिए।

विवादको जड भनेको दुई हप्ता अघिको मेयर पौडेलको सामाजिक सञ्जालमा लेखिएको एक टिप्पणी हो, जसमा उनले समाचार छाप्नुअघि आफ्नो सचिवालयमा पठाउन र दानापानी नपाएमा मात्र समाचार छाप्ने धारण राखेका थिए।

यसप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाउँदै यस्तो अभिव्यक्तिले पत्रकारिताको स्वतन्त्रता धरापमा पार्ने भन्दै ती पत्रकारको नाम दिन आग्रह गरेको थियो। महासंघले नाम नदिए र पुष्टि गर्न नसके आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको थियो।

स्मरणपत्र बुझाउँदा पनि मेयर पौडेलले आफ्नो भनाइ पुष्टि गर्न नसकेपछि महासंघले चरणबद्ध आन्दोलन सुरु गरेको महासंघका सचिव विनय वाह्कोटीले जानकारी दिए। महासंघले नेपाली काँग्रेसको नगर, जिल्ला हुँदै केन्द्रीय नेतृत्वसम्म ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम समेत सार्वजनिक गरेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka