Premier Cables

समाचार

इटहरी मेयरका प्रेस संयोजक धनबहादुर पुरीले दिए राजीनामा

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १७, २०८२  | बिहान १०:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इटहरी । जेन्जी आन्दोलनका कारण ठूलो क्षति व्यहोरेको इटहरी उपमहानगरपालिकाका प्रेस संयोजक धनबहादुर पुरीले पदबाट राजीनामा दिएका छन्।

उपमहानगरपालिकामा प्रेस संयोजकका रूपमा कार्यरत पुरीले आइतबार नगर प्रमुखलाई राजीनामा पत्र बुझाएका हुन्। उनले पछिल्ला घटनाक्रमले उपमहानगरको संरचना र सेवाप्रवाहमा गम्भीर असर पारेको बताउँदै, नगरपालिकामाथि थप आर्थिक बोझ नपरोस् भन्ने उद्देश्यले पद त्याग गरेको स्पष्ट पारेका छन्।

विज्ञापन

पुरीका अनुसार आन्दोलनका क्रममा उपमहानगरको कार्यालय भवन पूर्णरूपमा नष्ट भएको छ। सबै अभिलेख जलेर नष्ट भएका छन् भने सेवाका लागि प्रयोग हुने सवारीसाधन समेत जलेर क्षति पुगेको छ। करोडौँ रुपैयाँ बराबरको क्षति बेहोरेको नगरलाई पुनः उठाउने चुनौती अहिले गम्भीर बनेको उनले बताए।

“यस्तो कठिन परिस्थितिमा नगरको आर्थिक भार कम गर्न र आफ्नो नैतिक दायित्व पूरा गर्ने हेतुले म पदबाट अलग भएको छु,” पुरीले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka