विराटनगर । नेपाल सरकारद्वारा हालै लागू भएको अत्यधिक करका लागि गरिएको प्रचार वा कार्यान्वयन विपरीत असहमति रहने भन्दै विराटनगरका सुनचाँदी व्यवसायीले पसल बन्द गर्ने निर्णय गरेका छन् ।
नेपाल सुन चाँदी व्यवसायी संघ, मोरङ विराटनगरले साेमबारदेखि सबै पसल बन्द गर्ने जनाएकाे हो ।
बिज्ञापन
संघका महासचिव कमलेश अग्रवालले हालै सम्पन्न पत्रकार सम्मेलन, छलफलहरू र सम्पूर्ण सदस्यहरुको उपस्थितिमा गरिएको निर्णयअनुसार सोमबारदेखि अर्को निर्णय नभएसम्मका लागि सम्पूर्ण सुन चाँदी व्यवसाय बन्द राख्ने निर्णय गरिएको जनाएका छन्।
सोही अनुसार व्यवसाय आ–आफ्नो पसल बन्द राख्न संघले अपिल गरेकाे छ । व्यावसायीले सरकारले साउन १ गतेदेखि लागू गरेकाे विलासिता कर खारेजीकाे माग गर्दै आन्दाेलन गरिरहेका छन् ।