






विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल विराटनगरले शैक्षिक सत्र २०८२ (सन् २०२५) का लागि ५ वर्षे बीएलएलबी र ३ वर्षे एलएलबी शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना खुलाएकाे छ ।
ती शैक्षिक कार्यक्रमहरु वार्षिक प्रणालीमा संचालन हुने कार्यक्रमहरु हुन् । बीएलएलबी कक्षा दिवा र एलएलबी सन्ध्याकालीन शत्रमा संचालन हुने बताइएकाे छ ।
५ वर्षे बीएलएलबीमा आवेदन दिन विद्यार्थीले +२ वा सो सरह उत्तीर्ण गरी न्यूनतम २.० जिपिए हाँसिल गरेको हुनु पर्नेछ । यसैगरी ३ वर्षे एलएलबी शैक्षिक कार्यक्रममा भर्नाका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।
कक्षा १२ को परीक्षा दिइसकेका तर नतिजा प्रकाशनको प्रतिक्षामा रहेका विद्यार्थीहरुलेृ पनि एसइइ र कक्षा ११ को मार्कसिट राखेर आवेदन दिन सक्ने कलेज प्रशासनले जनाएको छ ।
प्रवेश परीक्षाको मिति पछि सार्वजनिक गरिने र विद्यार्थीहरुलाई जेहेन्दार तथा आरक्षित छात्रवृत्ति प्रदान गरिने बताइएकाे छ । जसको लागि प्र.वि. कानून संकाय डीनको कार्यालयबाट छुट्टै रूपमा सूचना प्रकाशन गर्ने कलेजले जाएकाे छ ।
कलेज अफ ल पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पससमेत भएकाले उक्त कलेजमा न्यूनतम शुल्कमा गुणस्तरीय कानूनी शिक्षा प्राप्त गर्न सकिने कलेजका डाइरेक्टर महेश प्रसाद निरौलाले बताए ।