Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजारबाट हालसम्मकै उच्च पूँजीगत लाभकर संकलन

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०२, २०८२  | साँझ ४:१४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा सेयर बजारबाट हालसम्मकै सर्वाधिक पूँजीगत लाभकर संकलन गरेको छ। सीडीएस एण्ड क्लियरिङ कम्पनीका अनुसार उक्त वर्ष कुल १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ पूँजीगत लाभकर उठाइएको हो।

यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा संकलित ५ अर्ब ५१ करोड रुपैयाँभन्दा तीन गुणा बढी हो। यसअघि २०७७/७८ मा उठाइएको १४ अर्ब १३ करोड रुपैयाँ पूँजीगत लाभकर नै हालसम्मको उच्चतम संकलन थियो।

बिज्ञापन

गत वर्षको मासिक विवरण अनुसार साउन महिनामा मात्र सबैभन्दा धेरै ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ, जुन कुल संकलनको एक महत्वपूर्ण हिस्सा हो।

सेयर बजारमा कारोबार वृद्धि र लगानीकर्ताको सक्रियताले पूँजीगत लाभकर उल्लेख्य रूपमा बढेको विश्लेषकहरूको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka