डा. शेखर कोइराला र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच के भयो छलफल?
नोट: यो समाचार ६ महिना अघिको हो
शुक्रबार, साउन ०२, २०८२ |
अपराह्न १२:५२ बजे
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच शुक्रबार बिहान भेटवार्ता भएको छ।
डा. कोइराला पूर्वराष्ट्रपति भण्डारीको निवास पुगेर करिब एक घण्टासम्म कुराकानी गरेका हुन्।
भेटका क्रममा भण्डारीले आफू सक्रिय राजनीतिमा प्रवेश गरेको जानकारी दिँदै डा. कोइरालाको साथको अपेक्षा व्यक्त गरेकी थिइन्। स्रोतका अनुसार उनले राजनीतिक यात्रा अघि बढाउन सहयोगको अपेक्षा राखेकी हुन्।
डा. कोइरालाले भण्डारीको राजनीतिक प्रवेशलाई सकारात्मक ठहर गर्दै लोकतन्त्र, सुशासन र भ्रष्टाचारविरुद्ध स्पष्ट धारणा राख्न सुझाव दिएका छन्। उनले पूर्वराष्ट्रपतिले बेथिति र कुशासनविरुद्ध खुलेर बोल्नुपर्ने धारणा व्यक्त गरेका थिए।