Premier Cables
Premier Steel

अपराध

धनपालथानको गदिया खोलाबाट ३२३ किलो गाँजा बरामद

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०१, २०८२  | बिहान ११:०२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनाराबाट नेपाल प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। बिहीबार बिहान १ बजेतिर इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले ३२३ किलो ३ सय ग्राम गाँजा फेला पारेको हो।

विशेष सूचनाका आधारमा इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोलाको किनारमा बेवारिसे अवस्थामा रहेको गाँजा फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

बिज्ञापन

गाँजा १० वटा बोरामा प्याक गरिएको अवस्थामा भेटिएको थियो। बरामद कार्यमा सशस्त्र प्रहरी बलको बीओपी नोचाबाट थप टोलीको पनि सहयोग लिइएको थियो। प्रहरीले हालसम्म गाँजाको मालिक वा संलग्न व्यक्तिबारे जानकारी पाउन नसकेको बताएको छ।

बरामद गरिएको गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। यो बरामद हालसम्मको एक ठूलो परिमाणको गाँजा बरामदमा गनिन्छ। प्रहरीले गाँजा कसले, कहाँबाट ल्याएको हो भन्ने विषयमा अनुसन्धान तीव्र पारेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka