Premier Cables
Premier Steel

राजनीति विराटनगर

खाँण कोइराला निवासमा : गुटको नजरले नहेरौं

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३२, २०८२  | बिहान ११:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण बुधबार बिहान विराटनगरस्थित कोइराला निवास पुगेका छन्। उनी पार्टीका सहमहामन्त्री महेन्द्र यादव र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासँग सो निवासमा पुगेका थिए।

नेपाल भारत मैत्री संघको कार्यक्रममा सहभागी हुन मंगलबार विराटनगर पुगेका खाँणले कोइराला निवासको ऐतिहासिक योगदानको चर्चा गरे। उनले भने, “कोइराला निवास कांग्रेसजनका लागि साझा र पवित्र भूमि हो। यहाँ आउनु भनेको एउटा पवित्र स्थलमा प्रवेश गरेजस्तो हो। यसलाई राजनीतिक गुटसँग जोडेर हेर्नु अनुचित हुन्छ।”

बिज्ञापन

खाँणले लोकतन्त्र प्राप्तिका लागि बीपी कोइराला, मातृका प्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाजस्ता नेताहरूको योगदान स्मरण गर्दै, उनीहरूको भावना कोइराला निवाससँगै आम जनताको मनसँग गाँसिएको बताए।

हालै पार्टीमा भएका अनुशासन सम्बन्धी कारबाहीबारे खाँणले केन्द्रीय समितिले समीक्षा गरेर आवश्यक निर्णय लिनुपर्ने धारणा राखे। उनले पार्टी सभापति शेरबहादुर देउवाको सफलताका लागि सबै नेताहरूको समान योगदान रहने बताए। “सभापति सफल हुँदा मात्र पार्टी बलियो हुन्छ,” उनले भने।

खाँणले कांग्रेसको १५औं महाधिवेशन समयमै हुने विश्वास व्यक्त गर्दै विशेष परिस्थितिमा एक वर्ष थपेर पाँच वर्षभित्र महाधिवेशन गर्न सकिने संवैधानिक व्यवस्था रहेको उल्लेख गरे।

वर्तमान सरकारभित्र अझै पनि सुधार गर्नुपर्ने प्रशस्तै क्षेत्रहरू रहेको उल्लेख गर्दै, खाँणले आगामी निर्वाचनसम्म यही सरकार अघि बढ्नुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka