Premier Cables
Premier Steel

राजनीति

मन्त्री क्वार्टरमा ब्रिफकेस पुग्छ, प्रधानमन्त्री भने चुप: डा. शेखर कोइराला

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ३१, २०८२  | बिहान ११:४० बजे
Hamro Biratnagar Headlines

काठमाडौं ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता साझेदार सरकारका मन्त्रीहरू भ्रष्टाचारमा मुछिँदा पनि कारबाही नहुनुमा गम्भीर असन्तुष्टि जनाएका छन्।

मंगलबार बिहान सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत धारणा सार्वजनिक गर्दै कोइरालाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरणबारे गम्भीर टिप्पणी गरेका हुन्। “मन्त्री क्वार्टरमा बिहानै बिचौलियाले घुसको ब्रिफकेस छाड्छन्। जब प्रमाण बाहिरिन्छ, बर्खास्त हुनुको साटो प्रधानमन्त्रीसँग मीठा कुरा गरेर मन्त्रिपरिषद् बैठकमै भाग लिन्छन्,” उनले लेखेका छन्।

बिज्ञापन

पछिल्ला दिनमा मन्त्री गुप्तासँग जोडिएको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। यस्तै सन्दर्भमा डा. कोइरालाले सरकारको ढिलासुस्ती, नैतिकताविहीनता र पार्टी (नेपाली कांग्रेस) को मौन भूमिकामाथि पनि प्रश्न उठाएका छन्। “सदनमा विपक्षीले कर्मकाण्डी राजीनामा माग्छन्, गठबन्धनका सहयात्री हामी कांग्रेस भने मूकदर्शकजस्तै छौँ,” भन्दै उनले ‘यस्तै रहेछ यहाँको चलन’ शीर्षकसहित असन्तोष पोखेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka