Premier Cables
Premier Steel

कोशी प्रदेश समाचार

झापा–मोरङ जोड्ने रतुवा पुल सञ्चालनमा, प्रधानमन्त्रीले गरे डुंगा युग अन्त्य

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २९, २०८२  | अपराह्न ३:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापा र मोरङलाई जोड्ने रतुवा खोलामाथिको बहुप्रतीक्षित पुल १७ वर्षपछि अन्ततः निर्माण सम्पन्न भई उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एक विशेष समारोहका बीच पुलको उद्घाटन गरेका हुन्।

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालयद्वारा गौरीगञ्ज–आमबारी सडक खण्डमा पर्ने सो पुलको निर्माण कार्य २०६५ सालमा सुरु भएको थियो। तर लामो समयसम्म अलपत्र अवस्थामा रहेपछि पुलले पूर्णता पाउन सकेको थिएन।

बिज्ञापन

उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले स्थानीय जनताको लामो प्रतिक्षा अब अन्त्य भएको भन्दै खुसी व्यक्त गरे। उनले भने, “छेउमै नदी भएर पनि सिँचाइ र उत्पादन सम्भव नभएको अवस्थामा अब परिवर्तन आउनेछ। पुल सञ्चालनमा आएपछि दक्षिणी झापा र मोरङका बासिन्दाले राहत महसुस गर्नेछन्।” उल्लेखनीय छ, यो पुल प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्रमा पर्छ।

पुलको बाँकी काम करिब दुई वर्षअघि तीव्र गतिमा अगाडि बढाइएको थियो। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, इटहरीले ठेक्का प्रक्रिया अघि बढाउँदै निर्माण कार्य सम्पन्न गरेको हो। देव एन्ड सायर–समता–आशिष सन्दीप जेभी नामक निर्माण व्यवसायी समूहले अधुरो ७५ मिटर भाग निर्माणको जिम्मेवारी पाएको थियो।

यस क्रममा ५० मिटर मोरङतर्फ र २५ मिटर झापातर्फ गरी कुल ७५ मिटर लम्बाइ थप गरिएको हो। पुल निर्माणको लागि २२ करोड १२ लाख ३७ हजार रुपैयाँको ठेक्का सम्झौता गरिएको थियो। ठेक्का म्याद २०८२ साल असार मसान्तसम्म थियो। अब रतुवा खोलाको पुलको कुल लम्बाइ २८० मिटर पुगेको छ। साथै, झापातर्फ ६५० मिटर र मोरङतर्फ १४०० मिटर तटबन्ध पनि निर्माण गरिएको छ, जसले खोला नियन्त्रण तथा आसपासको क्षेत्रको सुरक्षा गर्न मद्दत गर्नेछ।

निर्माण अलपत्र हुँदा बर्खायाममा स्थानीय बासिन्दा डुंगा प्रयोग गरेर खोला पार गर्न बाध्य थिए, जसका लागि उनीहरूले शुल्क समेत तिर्नुपर्ने अवस्था थियो। पुलको पूर्ण सञ्चालनपछि झापा र मोरङबीचको आवागमन मात्र सहज हुने नभई, स्थानीय आर्थिक र सामाजिक विकासमा पनि उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka