Premier Cables

राष्ट्रिय

सेनाको हेलिकप्टर चढेर भागेका ओलीको दम्भ अझै उस्तै

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक २५, २०८२  | बिहान ८:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । जेन-जीको दुईदिने विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वभाव र दम्भ अझै पनि घटेको देखिँदैन।

राजीनामापछि १० दिनसम्म नेपाली सेनाको संरक्षणमा रहेर मात्रै सार्वजनिक भएका ओली अहिले पनि सोही पुरानो ढर्रामा चलिरहेको देखिन्छ। उनले जेन–जीको विद्रोहलाई स्वीकार नगरी अन्तरिम सरकारलाई असंवैधानिक भन्दै आलोचना गरिरहेका छन्। साथै, आफ्नै पार्टीभित्र पनि फेरि कठोर र एकल निर्णय लिने शैली अपनाएको आरोप लगाइएको छ।

विज्ञापन

गत भदौ २४ गते जेन–जी विद्रोहका कारण प्रधानमन्त्री पदबाट हटाइएका ओलीलाई नेपाली सेनाले बालुवाटारबाट हेलिकोप्टरमार्फत उद्धार गरेको थियो। सेनाको संरक्षणमा १० दिन बिताएपछि उनी असोज २ गते भक्तपुरको गुण्डु पुगेका थिए। त्यसपछि केही समय सार्वजनिक रूपमा नदेखिएका ओली हाल पुनः सक्रिय बनेका छन्।

अन्तरिम सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचनलाई असंवैधानिक भन्दै उनी विरोधमा उत्रिएका छन्। आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित उच्चस्तरीय न्यायिक आयोगलाई पनि उनले सहयोग गर्न अस्वीकार गरेका छन्। कहिले आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिने, कहिले आन्दोलनमा घुसपैठ भएको भन्दै जिम्मेवारी नलिने उनको अडान निरन्तर देखिन्छ।

जेन–जीको विद्रोह तत्कालीन सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न असफल भएको आरोपमा भएको थियो। तर ओलीले अझै त्यसको वैधानिकता स्वीकार गरेका छैनन्। आयोगले उनलाई बयानका लागि बोलाउने तयारी गरिरहे पनि उनी बयान नदिने पक्षमा अडिग छन्।

बरू उनले आफ्ना समर्थक र एमालेका युवालाई सडकमा उतार्ने निर्देशन दिएका छन्। कानुनअनुसार प्रदर्शनका लागि प्रशासनिक स्वीकृति आवश्यक भए पनि ओलीले त्यसलाई बेवास्ता गर्दै सरकारी निकायहरूलाई नै चुनौती दिएका छन्।

पार्टीभित्र पनि ओलीको शैली प्रति असन्तुष्टि बढ्दै गएको छ। जेन–जीहरू नेतृत्व पुस्तान्तरणको पक्षमा रहेकाले एमालेभित्र समेत नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवाज उठिरहेको छ। तर ओली भने आगामी ११औं महाधिवेशनबाट पुनः नेतृत्व सम्हाल्ने तयारीमा रहेका छन्।

नेतृत्व चयनको विधि र प्रक्रियालाई सम्मान गर्नुपर्ने धारणा भइरहे पनि ओलीले आफूले बोलेपछि नै महाधिवेशन टुंगिने संकेत दिएका छन्। उनले बारम्बार “मेरो निर्णय नै अन्तिम हो” भन्ने शैलीमा अभिव्यक्ति दिँदै आएका छन्।

पार्टीभित्र आलोचना गर्ने नेताहरू उनको निशानामा पर्न थालेका छन्। असहमति जनाउनेहरूलाई पार्टीबाटै बाहिर निकाल्ने चेतावनी दिने र आफ्नो निर्देशनलाई ‘अकाट्य आदेश’ जस्तै प्रस्तुत गर्ने ओलीको प्रवृत्ति फेरि देखा परेको छ।

दुई महिनाअघि राज्यसत्ता आफ्नै नियन्त्रणमा हुँदाहुँदै सेनाको हेलिकोप्टरमार्फत भाग्नुपरेको घटनालाई ओली क्रमशः बिर्सँदै गएको देखिन्छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka