Premier Cables
Premier Steel

खेलकुद

कोसी खेलकुद बोर्डद्वारा १०१ जना खेलकर्मी र योगदानकर्तालाई सम्मान

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असार २८, २०८२  | साँझ ७:५३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुद क्षेत्रका विभिन्न विधामा योगदान पुर्याउने १०१ जनालाई शनिबार विराटनगरमा एक समारोहका बीच सम्मान गरेको छ।

समारोहमा पत्रकार, उद्योगी, प्रशिक्षक, खेलाडी, टिम व्यवस्थापक र कर्मचारीहरूलाई नगदसहित सम्मान प्रदान गरिएको हो।

खेलकुद पत्रकारितामा विशेष योगदान गर्ने ७ पत्रकार सम्मानित
खेलकुद पत्रकारितामा योगदान पुर्याएका अभयकुमार राई, चिरञ्जीवी तिम्सिना (सुमन सुस्केरा), अनिल श्रेष्ठ, गुरु ढकाल, रमेश समदर्शी, घनेन्द्र पौडेल र रमा दाहाललाई जनही १० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको थियो।

खेलकुद प्रवर्धनमा निजी क्षेत्रबाट पुर्याएको योगदानको कदर गर्दै उद्योगी महेश जाजू र प्रकाश मुन्दडालाई जनही ११ हजार रुपैयाँसहित सम्मान गरियो।

पूर्व खेलाडी, प्रशिक्षक र व्यवस्थापकको योगदानको कदर
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याएका पूर्व खेलाडी र प्रशिक्षकहरूलाई पनि सम्मानित गरिएको थियो।
सम्मानितमध्ये फुटबलका धीरेन्द्र प्रधान, क्रिकेट खेलाडी सिद्धान्त लोहनी र राजकुमार प्रधान, ब्याडमिन्टनका लवभक्त श्रेष्ठ, एथलेटिक्सका जितेन्द्र चौधरी, कराँते प्रशिक्षक किरण लामा तामाङ र प्रशिक्षक महेशप्रसाद रिजाल प्रमुख थिए।

दीर्घकालीन योगदान दिने अन्य प्रशिक्षक, पदक विजेता, व्यवस्थापक तथा कर्मचारीहरूलाई ५ हजारदेखि १२ हजार रुपैयाँसम्मको नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
साथै सामाजिक विकास मन्त्री तथा बोर्ड अध्यक्ष पाँचकर्ण राई, उपाध्यक्ष विन्ध्या कार्की, र सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) लगायतले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए।

प्रमुख अतिथि मन्त्री चौधरीले खेलकुद क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै विशेषगरी खेल पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गरिएको बताए।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka