Premier Cables
Premier Steel

अर्थ विराटनगर

प्रिमियर वायर्सको २५ औँ स्थापना दिवस सम्पन्न, पारस खड्का ब्रान्ड एम्बासडर नियुक्त

निर्देशक सौरभ सारडाले २५ वर्षअघि प्रारम्भमा भोगेका आर्थिक, प्राविधिक र बजारका चुनौतीहरू स्मरण गर्दै अगुवाहरूको जोखिमपूर्ण निर्णयले आजको उचाइ सम्भव भएको बताए

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar सोमबार, असार २३, २०८२  | बिहान ११:२० बजे

विराटनगर । प्रिमियर वायर्स प्रा.लि.ले भव्य समारोहका बिच आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पवनकुमार सारडा, सारडा समूहका अध्यक्ष शिव रत्न सारडा, प्रमुख अतिथि पूर्वमन्त्री अमनलाल मोदी र विशिष्ट अतिथि पूर्व राष्ट्रिय क्रिकेट कप्तान तथा हाल क्यानका सचिव पारस खड्का,  नेपाल उद्योग परिसंघका राष्ट्रिय उपाध्यक्ष भीम घिमिरे, नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशम देवकोटा लगायतका पदाधिकारीको उपस्थिति थिए ।

सो अवसरमा कम्पनीले नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्कालाई आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको घोषणा गरेको छ । खड्काले आफूलाई दिइएको भूमिकाले नेपाली उत्पादनप्रतिको भरोसा थप बलियो पार्ने प्रतिबद्धता जनाएका छन् ।

समारोहमा कम्पनीका निर्देशक सौरभ सारडाले २५ वर्षअघि प्रारम्भमा भोगेका आर्थिक, प्राविधिक र बजारका चुनौतीहरू स्मरण गर्दै अगुवाहरूको जोखिमपूर्ण निर्णयले आजको उचाइ सम्भव भएको बताए । “डिलर, कर्मचारी र उपभोक्ताबिच पानी-माछाको सम्बन्ध कायम राख्दै अघि बढ्नेछौँ,” उनले भने ।

सो अवसरमा नेपालभरिका डिलरहरूसँग डिलर मिटका साथै प्रिमियर पार्टनर समिट २०२५ कार्यक्रम समेत गरिएको छ । स्थापना दिवसले प्रिमियर वायर्सलाई उद्योग-विस्तार, खेलकुद प्रवर्द्धन र साझेदारमैत्री अभियान सुदृढ गर्ने नयाँ मोड दिएको कम्पनीले जनाएको छ ।

Premier Partner Summit 2025 | Kathmandu

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka