Premier Cables
Premier Steel

विराटनगर

मारवाडी युवा मञ्चद्वारा आमाको छात्रवासका विद्यार्थीलाई विशेष सिनेमा शो

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १९, २०८२  | साँझ ७:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌ मारवाडी युवा मञ्च, विराटनगरले सेन्ट्रल मल्टिप्लेक्समा “आमाको माया” छात्रावासका विद्यार्थीहरूका लागि विशेष सिनेमा शोको आयोजना गरेको छ।

कार्यक्रममा सिताले जमिन पर फिल्म प्रदर्शन गरिएको थियो । जसमा छात्रावासका विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रह्यो।

बिज्ञापन

कार्यक्रम मञ्चका अध्यक्ष मोहित लालवानीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा मञ्चका पूर्वअध्यक्षहरू शिवरतन जोशी र शेरसिंह दुगड, आमाको माया छात्रावासका अध्यक्ष विजय लखोटिया, मारवाडी महिला मञ्च विराटनगरकी अध्यक्ष श्रीमती सरिता लालवानी, सदस्य श्रीमती प्रेम दुगड, सेन्ट्रल मल्टिप्लेक्सका म्यानेजर सत्यप्रकाश लुनिया लगायत युवा मञ्चका सदस्यहरूको सहभागिता रहेको थियो।

विशेष शोको संयोजन तथा व्यवस्थापनमा मञ्चका सदस्य तथा कार्यक्रम संयोजक योगेश अग्रवालले गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka