Premier Cables
Premier Steel

विराटनगर शिक्षा

अभिभावकको विश्वास जित्दै सामुदायिक विद्यालय : विराटनगरको एसईई रिजल्टमा सुधार

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १७, २०८२  | अपराह्न ३:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुधारिएको नतिजा हासिल गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार सार्वजनिक गरेको नतिजामा महानगरका सामुदायिक विद्यालयहरूले ६९.०२ प्रतिशत नतिजा ल्याएका छन्, जुन गत वर्षको ४४.१० प्रतिशत भन्दा उल्लेखनीय सुधार हो।

महानगर शिक्षा शाखाका अनुसार, सामुदायिक विद्यालयहरूबाट १,९७९ परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये १,३६६ जना सफल भएका छन्। यस वर्ष सामुदायिक विद्यालयहरूबाट उत्कृष्ट नतिजा ल्याउनेमा आदर्श माध्यमिक विद्यालयका ४ जना र पोखरिया माध्यमिक विद्यालयका १ जना विद्यार्थी ४ जीपीए ल्याउन सफल भएका छन्।

बिज्ञापन

पोखरिया माध्यमिक विद्यालय ४६४ मध्ये ४५९ जना पास गर्दै ९८.९२ प्रतिशत सफलता हासिल गरेको छ । यस विद्यालयकी रागिनी न्यौपानेले ४ जीपीए ल्याइन् सफल भएको महनगर शिक्षा साखाले जनाएको छ ।
जनता नमुना माध्यमिक विद्यालय ३० जना सहभागीमध्ये २९ जना पास गर्दै ९६.६ प्रतिशत सफलता गरेको छ । यस विद्यालयको गत वर्षको नतिजा शून्य थियो।

आदर्श माध्यमिक विद्यालय ३२९ मध्ये २९९ जना पास गर्दै ९०.८८ प्रतिशत सफलता प्राप्त गरेको छ । यस विद्यालयका ४ जनाले ४ जीपीए ल्याउन सफल भएका छन ।

महानगरका २५ सामुदायिक विद्यालयले गत वर्षभन्दा सुधारिएको नतिजा हासिल गरेको महानगर शिक्षा शाखाले जनाएको छ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सामुदायिक विद्यालयहरूको यस प्रगतिलाई सहकार्य र समन्वयको नतिजा भएको बताए। “हामीले गत वर्षको कमजोर नतिजाबाट पाठ सिकेर यस वर्ष विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूसँग सहकार्य गरेका थियौं,” उनले भने। “शैक्षिक गुणस्तरमा सुधार गर्दै आगामी वर्षमा झन् उत्कृष्ट नतिजा ल्याउने लक्ष्य राखेका छौं।”

यस वर्षको एसईई परीक्षामा देशभर ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेडेड नतिजा ल्याएको बोर्डले जनाएको छ। ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउने संख्या ४८ हजार १७७ छ।

महानगरपालिकाले कमजोर विद्यालयहरूको निरीक्षण, स्रोत साधनको विस्तार, र शैक्षिक गुणस्तर सुधारका लागि दीर्घकालीन योजना ल्याउने जनाएको छ। प्रमुख कोइरालाका अनुसार, कमजोर नतिजा ल्याउने विद्यालयहरूको अनुगमनलाई थप प्रभावकारी बनाइनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka