Premier Cables
Premier Steel

राजनीति राष्ट्रिय

कांग्रेस केन्द्रीय समिति बैठक शुरु, डा. शेखरका तीखा प्रश्नले तिलमिलाए सभापति देउवा !

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार १६, २०८२  | साँझ ७:५५ बजे
Hamro Biratnagar Headlines

काठमाडौं, । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। बैठकको सुरुवाती दिन वरिष्ठ नेता शेखर कोइरालाले धारणा राख्दै पार्टी नेतृत्वमाथि ठोस प्रश्नहरू उठाएका छन्।

कोइरालाले सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै पार्टीभित्र देखिएको विकृति–विसंगतिबारे गम्भीर चिन्ता व्यक्त गरे। उनले भने, “म केही तितो सत्य बोल्ने प्रयास गर्दैछु, कृपया यसमा चित्त नदुखाउनुहोस्।”

बिज्ञापन

शेखर कोइरालाले आउँदो १५औं महाधिवेशन २०८२ मंसिरभित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै यदि सम्भव छैन भने त्यसको स्पष्ट कारण सभापति र पदाधिकारीहरूले दिनुपर्ने बताए। उनले पदाधिकारीहरू महाधिवेशनको तयारीमा जुटेको देखिए पनि नेतृत्व स्पष्ट नभएको भन्दै असन्तुष्टि पोखे।

कोइरालाले २०७९ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर चुनावमा गएको र अहिले एमालेसँग सत्ता साझेदारी गरेकोप्रति प्रश्न उठाए। उनले सोधे, “के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व सुम्पियो?” साथै, संविधान संशोधनको बुँदा कहाँ पुग्यो भनेर सभापतिसँग जवाफ मागे।

कोइरालाले अनुशासन समितिको संरचना र कामप्रति गम्भीर आपत्ति जनाए। उनले चितवनको उदाहरण दिँदै आफूलाई कारबाहीको विषय कसरी उठ्यो भनी सोधे। साथै, समितिको निष्पक्षता र क्षमता प्रश्न गर्दै बाह्य वरिष्ठहरूलाई समावेश गर्न माग गरे।

उनले एकै प्रकृतिका मुद्दामा कसैलाई सजाय र कसैलाई चेतावनी दिइएको भन्दै विभेदको आरोप लगाए।

गठबन्धनको नाममा बलियो सिटहरू अरूलाई सुम्पिएको, पार्टीभित्रका निष्ठावान साथीहरूलाई टिकट नदिइएको, र स्वेच्छाचारी ढंगले निर्णय लिइएकोप्रति कोइरालाले गम्भीर असन्तुष्टि जनाए। उनले पर्सा–१ र बारा–२ लगायतका सिट बाँडफाँटका निर्णयहरूलाई उदाहरण दिँदै जिम्मेवारीको माग गरे।

नेविसंघ, तरुण दल र महिला संघको अधिवेशन प्रक्रिया अवरुद्ध भएको भन्दै कोइरालाले पार्टी नेतृत्वको कमजोरी औंल्याए। उनले खासगरी महिला संघमा सदस्यता नवीकरण नहुँदा अधिवेशन सम्भव नभएको बताए। इलाममा महिला कार्यक्रममै पुरुषहरूले हातपात गरेको घटनालाई गम्भीर रूपमा लिएर सभापतिलाई ध्यानाकर्षण गराए।

कोइरालाले पार्टीभित्र बढ्दो गुटबन्दी, भागबन्डा, नेतृत्वको अस्पष्टता र कमजोर निर्णयप्रक्रियाले कांग्रेस कमजोर बनिरहेको उल्लेख गर्दै पार्टीभित्र गम्भीर आत्मसमिक्षा र सुधार आवश्यक भएको चेतावनी दिए। उनले पार्टी एकता र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न नेतृत्वले स्पष्ट र जिम्मेवार भूमिका खेल्नुपर्ने माग गरे।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka