Premier Cables
Premier Steel

राजनीति

विद्यादेवी भण्डारी एमालेको सक्रिय फर्किने निश्चित , शनिबार (भाेलि) घोषणा गर्ने

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १३, २०८२  | राती ९:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेशको घोषणा गर्ने तयारीमा रहेको संकेत मिलेको छ। उनी शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा हुने मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा सहभागी हुँदै पार्टी राजनीतिमा पुनः सक्रिय हुने घोषणा गर्ने तयारीमा छन्।

भण्डारी निकट एमाले नेताहरूका अनुसार उक्त कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहनेछन्, भने भण्डारी विशेष अतिथिका रूपमा उपस्थित हुनेछिन्। सोही मञ्चबाट उनले आफू पुनः राजनीतिक रूपमा सक्रिय हुने सन्देश सार्वजनिक गर्ने भनिएको छ।

बिज्ञापन

राष्ट्रपति पदको दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बाहिरिएपछि भण्डारीले कोशी, लुम्बिनी, कर्णाली प्रदेशको भ्रमण गरेकी छिन्, साथै चीन भ्रमण पनि सम्पन्न गरेकी छन्। चिनियाँ नेतृत्वबाट नेपालका कम्युनिष्ट दलहरूलाई एकतामा ल्याएर नेतृत्व लिन शुभेच्छा प्राप्त गरेपछि भण्डारी थप सक्रिय देखिएकी हुन्।

पछिल्लो समय एमाले अध्यक्ष ओलीसँगको संवाद बाक्लो भएको देखिए पनि औपचारिक रूपमा एमालेमा फर्कने घोषणा भने उनले अझै गरेकी छैनन्। केही दिनअघि मात्र उनले बालुवाटार पुगेर ओलीसँग महत्वपूर्ण भेट गरेकी थिइन्, जसलाई उनीनिकट नेताहरूले पार्टीमा फर्किनेतर्फको ठोस संकेतका रूपमा लिएका छन्।

भण्डारीनिकट एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पनि शनिबारको कार्यक्रममा उनी राजनीतिक विषयमा बोल्ने बताएका छन्। थापाका अनुसार, उनी फर्किन्छिन् वा फर्किन्नन् भन्ने कुराको स्पष्ट संकेत सोही सम्बोधनमार्फत आउनेछ।

भण्डारीको पुनः सक्रियताले एमालेभित्रको शक्तिसन्तुलनमा पनि प्रभाव पार्ने देखिएको छ। आगामी भदौ २०–२२ गते ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनलाई लक्षित गर्दै भण्डारी सक्रिय हुँदै गएको आँकलन गरिएको छ। महाधिवेशनमा चर्चामा रहेको ७० वर्षे उमेर सिमा सम्बन्धी विषयमा उनी ओलीको विपरीत धारमा रहेको चर्चा छ। ७४ वर्षीय ओली उक्त उमेर हद हटाउन चाहन्छन् भने भण्डारी त्यसलाई कायम राखेर नेतृत्वमा रूपान्तरणको पक्षमा रहेको देखिएको छ।

यदि भण्डारी एमालेमा औपचारिक रूपमा फर्किन् भने, पार्टीबाट टाढिएका भीम रावल, माधवकुमार नेपाल, वामदेव गौतमजस्ता नेताहरूलाई पुनः पार्टीमा फर्काउने अभियानमा उनको भूमिका महत्वपूर्ण बन्न सक्ने आँकलन गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa