फायल फोटो
काठमाडौं । भदौ २३ गते जेन–जी आन्दोलनमा भएको दमन र त्यसपछि देखिएका हिंसात्मक घटनाक्रमको जिम्मेवारी तत्कालीन सरकारको नेतृत्व गर्नेहरूले लिनुपर्ने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बताइन।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई आन्दोलनको पूर्वाभास नभएको र सुरक्षा निकायले पर्याप्त जानकारी नदिएको भन्दै प्रस्तुत गरेका कारणहरू उनकै कमजोरी भएको भण्डारीले भनिनन्।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘फायरसाइड’मा कुरा गर्दै उनले भनिनन्- जो प्रधानमन्त्री हुन्छ, उसैले आफ्नो कार्यकालभरको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ।
तर, २४ गते भएका आगजनी, तोडफोड र लुटपाटका घटनाहरू भने प्रायोजित हुनसक्ने आशंका उनले व्यक्त गरिनन्। लामो तयारीबिनै त्यस्तो स्तरको ध्वंस हुन नसक्ने तर्क गर्दै उनले यसबारे गम्भीर छानबिन हुनुपर्ने बताइन।
अर्को प्रसङ्गमा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई केपी ओलीपछि अध्यक्ष बनाउने विषयमा नवौं महाधिवेशनकै क्रममा भद्र सहमति भएको भण्डारीले बताइन।
११औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी पोखरेललाई आफूपछि अध्यक्ष बनाउन त्यतिबेला ओली स्वयंले पनि सहमति जनाएका थिए भन्ने दाबी उनले गरिनन्।
पूर्वराष्ट्रपति भण्डारीसँगको पूर्ण अन्तर्वार्ता आज राति ९ बजे ‘फायरसाइड’ कार्यक्रममा प्रसारण हुनेछ। कार्यक्रम कान्तिपुर टिभीको युट्युब च्यानल तथा कान्तिपुर टिभी एपमा समेत हेर्न सकिने छ।
