Premier Cables

राजनीति

जेनजी आन्दोलन दमनको जिम्मा तत्कालीन सरकारले लिनुपर्छ- विद्यादेवी भण्डारी

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर १६, २०८२  | बिहान ७:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भदौ २३ गते जेन–जी आन्दोलनमा भएको दमन र त्यसपछि देखिएका हिंसात्मक घटनाक्रमको जिम्मेवारी तत्कालीन सरकारको नेतृत्व गर्नेहरूले लिनुपर्ने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बताइन।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई आन्दोलनको पूर्वाभास नभएको र सुरक्षा निकायले पर्याप्त जानकारी नदिएको भन्दै प्रस्तुत गरेका कारणहरू उनकै कमजोरी भएको भण्डारीले भनिनन्।

विज्ञापन

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘फायरसाइड’मा कुरा गर्दै उनले भनिनन्- जो प्रधानमन्त्री हुन्छ, उसैले आफ्नो कार्यकालभरको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ।

तर, २४ गते भएका आगजनी, तोडफोड र लुटपाटका घटनाहरू भने प्रायोजित हुनसक्ने आशंका उनले व्यक्त गरिनन्। लामो तयारीबिनै त्यस्तो स्तरको ध्वंस हुन नसक्ने तर्क गर्दै उनले यसबारे गम्भीर छानबिन हुनुपर्ने बताइन।

अर्को प्रसङ्गमा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई केपी ओलीपछि अध्यक्ष बनाउने विषयमा नवौं महाधिवेशनकै क्रममा भद्र सहमति भएको भण्डारीले बताइन।

११औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी पोखरेललाई आफूपछि अध्यक्ष बनाउन त्यतिबेला ओली स्वयंले पनि सहमति जनाएका थिए भन्ने दाबी उनले गरिनन्।

पूर्वराष्ट्रपति भण्डारीसँगको पूर्ण अन्तर्वार्ता आज राति ९ बजे ‘फायरसाइड’ कार्यक्रममा प्रसारण हुनेछ। कार्यक्रम कान्तिपुर टिभीको युट्युब च्यानल तथा कान्तिपुर टिभी एपमा समेत हेर्न सकिने छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka