Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा चोरी गर्ने भारतीय महिला गिरोह पक्राउ, वृद्धको ३ लाख नगद झोलाबाट चोरी

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १३, २०८२  | अपराह्न ३:०२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगर बजार क्षेत्रमा वृद्ध र असहाय व्यक्तिलाई लक्षित गर्दै चोरी गर्दै आएको भारतीय महिलाहरूको गिरोह पक्राउ परेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई कटहरी गाउँपालिका–१, बुधहाटबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारत, पूर्णियाकी २४ वर्षीया प्रियंका धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी छन्। उनीहरू सार्वजनिक सवारी (सिटी सफारी) प्रयोग गरी यात्राको बहानामा चोरी गर्दै आएको प्रहरीले जनाएको छ।

२०७९ असार १२ गते दिउँसो सिटी सफारीमार्फत बिराटनगरबाट कटहरी जाँदै गरेका उनीहरूलाई शंका लागेपछि प्रहरीले रोकजाँच गरेको थियो। सो क्रममा उनीहरूको साथबाट १/१ गड्डी १००० दरका नोट फेला परे, जसको कुल रकम ३ लाख रुपैयाँ थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा ती महिलाहरूले सिटी सफारीमै सवार कटहरी–४ निवासी ७० वर्षीय नारायण प्रसाद काफ्लेको झोलाबाट बैंकबाट झिकेको नगद चोरी गरेको खुलेको छ। काफ्ले घातक रोगका बिरामी भई उपचारपछि घर फर्किंदै थिए।

ती महिलाहरूलाई चोरी मुद्दामा आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत मोरङबाट म्याद थप गराई अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka