Premier Cables
Premier Steel

बैंक तथा वित्त

सुनचाँदी व्यवसायी पुनः आन्दोलनमा, कर फिर्ता लिन सरकारलाई चेतावनी

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १३, २०८२  | अपराह्न १:४० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः सडक आन्दोलनमा उत्रिएका छन्। बजेटमार्फत सुनचाँदीका गहनामा लगाइएको २ प्रतिशत विलासिता करको विरोधमा व्यवसायीहरू आन्दोलनमा फर्किएका हुन्।

यसअघि ५ असारदेखि आन्दोलन स्थगन गरेका व्यवसायीहरू बजेट संशोधनमा आफ्ना माग सम्बोधन हुने आशामा थिए। तर सरकारको आश्वासन पुरा नभएपछि उनीहरू पुनः विरोधमा उत्रिएका हुन्।

व्यवसायीहरू सुनका सबै मूल्यका गहनामा लाग्ने २ प्रतिशत विलासिता कर तत्काल हटाउनुपर्ने माग गरिरहेका छन्। यस्तै, बहुमूल्य रत्नपत्थरमा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) पनि खारेज गर्नुपर्ने उनीहरूको माग छ।

व्यवसायीहरूका अनुसार अघिल्लो प्रणालीमा १० लाख रुपैयाँभन्दा माथिका गहनामा मात्र विलासिता शुल्क लाग्थ्यो। तर, चालू बजेटले अब थोक बजार र बैंकले विक्री गर्ने ढिक्का सुनमा समेत २ प्रतिशत विलासिता कर लागू गरेको छ। यसले गर्दा गहना खरिदमा कुल करभार ६ प्रतिशतसम्म पुगेको व्यवसायीको भनाइ छ।

उनीहरूले असार मसान्तसम्म माग पूरा नभए कडा संघर्षमा उत्रिने चेतावनी दिएका छन्। सुनचाँदी व्यवसायी सङ्घ माेरङले पनि आन्दाेलनमा एक्यवद्धता जनाएकाे छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka