Premier Cables
Premier Steel

शेयर बजार

नेप्से परिसूचक सामान्य घट्दा, काराेबार रकम भने बढ्याे

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १२, २०८२  | अपराह्न ३:५५ बजे
Hamro Biratnagar Headlines

काठमाडाै । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि करिब स्थिर रहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

बिहीबार, नेप्से परिसूचक ४.४५ अंक घटेर २५९५.७४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंक घटेको छ।

बिज्ञापन

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार करिब ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०६ स्टकको ७४ हजार २३९ पटकको कारोबारमा ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ९६ लाख ५० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ९.१८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने बरुण हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको रिलायबल समृद्धि योजनाको इकाईमूल्य सर्वाधिक ९.३० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६२ करोड ५२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ३९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ३२ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८७ प्रतिशत घटेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka