Premier Cables
Premier Steel

शिक्षा

केयुकाे सात प्रदेश सात सम्मेलन अभियान, एस्पायर कलेजले गर्याे शिक्षक सम्मेलन

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०९, २०८२  | साँझ ६:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । काठमाण्डौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले राष्ट्रष्यापी रुपमा “रुपान्तरणमुखी शिक्षामा अभ्यास” विषयक शिक्षक सम्मेलन विराटनगरबाट शुरु गरेको छ ।

मंगलबार विराटनगरमा अवस्थित काठमाण्डौ विश्वविद्यालय (केयु) को विस्तारित कार्यक्रम, एस्पायर कलेजवाट विधिवत रुपमा कार्यक्रम सम्मेलन शुरु गरिएको हो ।

बिज्ञापन

कार्यक्रमको सभापतित्व सि. पि. इ.सि. काठमाण्डौ विश्व विद्यालयका सन्दीप ढुंगानाले गरेका थिए । ७ प्रदेश, ७ सम्मेलन भन्ने नाराका साथ अभियान शुरु गरिएको केयु स्कुल अफ एजुकेशनलका डीन प्रा.डा. बालचन्द्र लुइँटेलले बताए ।

प्रा.डा. धनपति सुवेदी र स्टिंम एजुकेशन विभागका प्रमुख डा. विनोद प्रसाद पन्त साथै एस्पायर कलेजका अध्यक्ष्य विकास अधिकारी ,कलेजका निर्देशक प्रतिक राउत, नेशनल प्याब्सन कोशी प्रदेश अध्यक्ष राजन पौडेल, शिक्षा विकास निर्देशनालय कोशी प्रदेश धनकुटाको निर्देशक कृष्ण प्र. पोरखरेलको उपस्थिति रहेको थियो ।

विशिष्ट व्यक्तित्वहरुलाई आफ्नो मन्तव्य मार्फत स्वागत गर्दै एस्पायर कलेजका प्रिन्सिपल चिन्तामणि बस्नेतले एस्पायर कलेज काठमाण्डौं विश्वविद्यालयको नमुना कलेज हुने र हरेक क्षेत्रको लागि सिकाईको थलो बन्ने बताए ।

प्रा.डा. लुइँटेलले रुपान्तरणमुखी शिक्षा कसरी र कस्तो हुनपर्छ भन्ने विषयमा प्रस्तुतीकरण दिए । उनले भने,“सिकाइ, वातावरण, सिकाई विधि, प्रक्रिया, सिकाइ र मूल्याङ्कनका विभिन्न दृष्टिकोणहरु हुन्छन् ।” कार्यक्रममा १८७ जना शिक्षक शिक्षिका र प्राज्ञिक व्यक्तित्वहरू सहभागी थिए । कोसी प्रदेशका १४ वटै जिल्लाबाट सहभागी आएका थिए । प्रा.डा. धनपति सुवेदी र उ.प्रा. डा. विनोद पन्तले शिक्षामा सरोकारका विषय तथा नेतृत्व विकासका विषयमा कार्यशाला संचालन गरेका थिए ।

कार्यक्रममा शिक्षा सम्बन्धी विभिन्न विषयमा २० वटा समानान्तर सत्र सञ्चालन भए । इनोभेटिभ पेडागोजी, ए.आई इन एजुकेशन, रुपान्तरणका लागि नेतृत्व, डिफरेन्सियटेट इन्सट्रक्सन लगायतका विषयमा अन्तरक्रिय तथा छलफल गरि कार्यशाला समेत गरियो ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka