Premier Cables
Premier Steel

विराटनगर

एस्पायर कलेज बिराटनगर र कोरियाली कम्पनी छन्जे एजुकेशनबीच दक्षिण कोरियामा सम्झौता

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर १६, २०८२  | अपराह्न १:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिराटनगर । बिराटनगरमा संचालित एस्पायर कलेजले कोरियाको अग्रणी एड-टेक कम्पनी छन्जे एजुकेशनसँग औपचारिक सम्झौता (MOU) दक्षिण कोरियामा सम्पन्न गरेको छ।

कोरियाको डिजिटल शिक्षा क्षेत्रमा शीर्ष स्थान ओगटिरहेको छन्जे एजुकेशनसँगको यो सहकार्यले एस्पायर कलेजका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सिकाइ र अवगतता प्राप्त गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

विज्ञापन

एस्पायर कलेजले काठमाडौँ विश्वविद्यालयका School of Engineering र School of Education मार्फत Bachelors in Information Technology (BIT) र Bachelors of Technical Education in Information Technology (BTech. Ed IT) कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। यस सहकार्यले यी दुवै कार्यक्रमका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरका EdTech अभ्यास र वास्तविक परियोजनासँग प्रत्यक्ष रूपमा जोडिने अवसर दिनेछ।

सम्झौता अनुसार, छन्जे एजुकेशनले एस्पायर कलेजका विद्यार्थीहरूका लागि ६ हप्ते अन्तर्राष्ट्रिय बुटक्याम्पपछि २ दिने ह्याकाथन यहि डिसेम्बर ८ बाट सुरु गर्नेछ। यस कार्यक्रममार्फत विद्यार्थीहरूले डिजिटल कन्टेन्ट डेभलपमेन्ट, UI/UX डिजाइन, कोडिङ वर्कफ्लो (GitHub), इन्टरेक्टिभ लर्निङ सिस्टम, र क्लाउड डिप्लोयमेन्ट जस्ता अत्याधुनिक सीपहरू प्रत्यक्ष रूपमा सिक्ने मौका पाउनेछन्।

ह्याकाथनमा उत्कृष्ट प्रदर्शन गर्ने ३ उत्तम टोलीहरूलाई नगद पुरस्कार सहित कोरियाली एड-टेक परियोजनाहरूमा संलग्न हुने अवसर प्रदान गरिनेछ, जसले उनीहरूको करियरमा अन्तर्राष्ट्रिय पहुँच, अनुभव र प्रतिस्पर्धात्मक क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ।

एस्पायर कलेजले कोरियाली कम्पनीसंग गरेको यो सम्झौतालाई शैक्षिक नवप्रवर्तन, अन्तर्राष्ट्रिय सहकार्य, र सीप विकासको दिशामा ठूलो उपलब्धि मानिएको छ। यो सहकार्यले नेपाली विद्यार्थीलाई ग्लोबल स्ट्यान्डर्डको एड-टेक (EdTech) वातावरणसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka