Premier Cables
Premier Steel

राष्ट्रिय शिक्षा

एसईई नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०९, २०८२  | अपराह्न १:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डले यसअघि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका तय गरे पनि शिक्षकहरूको आन्दोलनका कारण प्रक्रिया ढिलो हुँदा नतिजा प्रकाशनमा ढिलाइ भएको हो।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार, गत चैतमा शिक्षकहरूले गरेको आन्दोलनले उत्तरपुस्तिका परीक्षणमा ३२ दिनको ढिलाइ भएको छ। यसका कारण अन्य सम्पूर्ण प्रक्रिया पनि प्रभावित भएको उनले जानकारी दिए।

बिज्ञापन

“उत्तरपुस्तिका परीक्षण सकिएर अहिले अंक इन्ट्री तथा प्रशोधनको काम भइरहेको छ,” भट्टराईले बताए। “सामान्यतया बोर्डलाई नतिजा तयारीका लागि ३५ दिन लाग्छ तर आन्दोलनका कारण परीक्षण सुरु हुनै ३२ दिन ढिला भयो।”

बोर्डले ढिलाइलाई घटाउन डबल सिफ्टमा काम गरिरहेको र ३२ दिनको ढिलाइलाई १०–१६ दिनमा सीमित गर्ने प्रयास भइरहेको उनले बताए।

एसईई परीक्षा गत चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको थियो, जसमा करिब पाँच लाख विद्यार्थी सहभागी थिए। नतिजा प्रकाशनमा भएको ढिलाइका कारण कक्षा ११ को भर्ना प्रक्रिया समेत पछाडि धकेलिने देखिएको छ।

बोर्डको वार्षिक कार्यतालिकाअनुसार असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने, असार २२ भित्र पुनरावलोकनका लागि निवेदन लिने, साउन १२ गते पुनरावलोकनको नतिजा प्रकाशन गर्ने, साउन १९ र २० मा पूरक परीक्षा सञ्चालन गर्ने र भदौ २० भित्र पूरक परीक्षाको नतिजा सार्वजनिक गर्ने योजना थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka